• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 29th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

विवाह सम्बन्धी कानूनमा कुष्ठरोगीलाई अपमान गरेको भन्दै विरोध

January 25th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
विवाह सम्बन्धी कानूनमा कुष्ठरोगीलाई अपमान गरेको भन्दै विरोध

हेल्थ टुडे,

काठमाडौं, ११ माघ  : चाडै लागु हुन लागेको मुलुकी ऐनको विवाह सम्बन्धी कानूनमा कुष्ठरोगीलाई सम्मानपूर्वक बाच्न पाउने अधिकार हनन् गरेको भन्दै उक्त कानूनी व्यवस्था बदर हुनु पर्ने सरोकारवालाले माग गरेका छन् । ६५ औं कुष्ठरोग दिवसको अवसर पारेर आनन्द वन लेप्रोसी हस्पिटलले बिहीबार ललितपुरको लेलेमा आयोजना गरेको अन्तरक्रियामा सरोकारवालाले विवाह सम्बन्धी कानूनमा संसोधन नगरिए त्यस विरुद्व सर्वोच्च जाने चेतावनी दिएका हुन ।

संसदले पारित गरेर केही समयपछि लागु हुन गइरहेको मुलुकी ऐन भाग ३ पारिवारिक कानून परिच्छेद १ विवाह सम्बन्धी व्यवस्थाको धारा ७१ म विवाह गर्न, गराउन नपाउने उपधारा अन्तरगत झुक्याएर विवाह गरेको अवस्थामा कुष्ठरोगी भएको थाहा पाएपछि पहिले गरेको विवाह बदर हुने वाक्यांश रािखएको छ । कानून व्यवसायी रमेश पराजुलीले यस किसिमको कानूनी प्रावधानले कुष्ठरोगी र कुष्ठप्रभावितको सम्मानपूर्वक बाच्न पाउने संबैधानिक अधिकारको हनन् भएको र उनीहरुप्रति भेदभाव हुने भएकाले यस किसिमको कानूनी प्रावधान खारेज गरिनु पर्ने आवश्यकता रहेको बताए । उनले भने, ‘ यो संसदले गरेको लापरवाही हो । यसलाई सच्याउनु पर्छ । ’ कानून बनाउने मुख्य थलो संसद भए पनि संसद सदस्यहरुले कानून बनाउने बेला विज्ञहरुको सल्लाह नलिने चलनका कारण संसदले बनाएका कयौ कानून व्यवहारिक हुन नसकिरहेको पौडेलले बताए । उनले अब बन्ने संसद समक्ष यो गल्ती सच्याउन आग्रह गरिने र त्यति गर्दा समेत नसच्याए सर्वोच्चमा रिट दायर गरेर न्याय खोजिने चेतावनी दिए । दी ल्याप्रोसी मिसन नेपालका राष्ट्रिय निर्देशक शोभाकर कडेलले यस बिषयमा बिगतको संसदका सदस्यहरुलाई  जानकारी गराएको दावी गर्दै उहाँहरुले कानून बनाउने बेला वास्ता नगरेको बताए ।

?

आनन्द वन लेप्रोसी अस्पतालका मेडिकल डाइरेक्टर डा. इन्द्र नापितले यस किसिमका भेदभावपूर्ण कानून हटाउनु पर्नेमा पथ्ने काम गर्नु चरम लापरवाही भएकोले यसलाई नसच्याए कुष्ठरोगी र प्रभावितको सम्मानपूर्वक बाच्न पाउने अधिकार कुण्ठित हुने बताए । दी लेप्रोसी मिसनका तालिम प्रमुख गोपाल पोखरेलले संसदका पूर्व सदस्यहरुबिच वृहत छलफल हुदा समेत भेदभावपूर्ण वाक्यांश राखिनु दुखद भएको स्मरण गर्दै सच्याउनु पर्ने बताए । कार्यक्रममा नेपालबाट सन् २०१० मा नै कुष्ठरोग निवारण भएको घोषणा गरिए पनि कुष्ठरोगीको संख्या घट्दै जानुको सट्टा बढ्दै गएको प्रति सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । कुष्ठरोग निवारण घोषणा गर्ने बेला प्रति १० हजार जनसंख्या बराबर ७७ जनामा कुष्ठरोगी थिए भने अहिले त्यो संख्या बढेर ९२ पुगेको छ ।  नेपालमा हरेक वर्ष करिव ३ हजार नयाँ कुष्ठरोगी फेला गर्ने गरेको कुष्ठरोग नियन्त्रण महासाखाको तथ्यांक छ । गत आर्थिक वर्षमा ३ हजार २ सय १५ नयाँ कुष्ठरोगी फेला परेका थिए । कुष्ठरोगीको उपचार स्वास्थ्य संस्थाहरुमा निशुल्क हुने गरेको छ । नेपालमा अहिलेसम्म एक लाख ८० हजार जना कुष्ठरोगीको उपचार भइसकेको छ ।

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कुष्ठरोगको उपचारमा आनन्दवन संसारमै अब्बल : डा. नापित
Next article नेपाल र भारतका नेफ्रोलोजिस्ट एकै मञ्चमा   

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133166
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

30
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

33
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web