• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 15th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

देउराली जनताले मनायो २७ औं बार्षिकोत्सव

January 30th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
देउराली जनताले मनायो २७ औं बार्षिकोत्सव

हेल्थ टुडे

काठमाडौं, १६ माघ :  नेपाली औषधि उद्योगमा अग्रणी औषधि उद्योगका रुपमा आफूलाई उभ्याउन सफल देउराली जनता फर्मास्विटिकल्सले मंगलबार राजधानीको धापासीस्थित कम्पनीको प्राङ्गणमा भव्यताका साथ आफ्नो २७ औं बार्षिकोत्सव मनाएको छ । बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले ४४ प्रतिसत औषधि स्वदेशमै उत्पादन गरेर नेपाली औषधि उद्योगहरुले आत्मनिर्भरताको बाटोमा अग्रसर भइरहेकोमा खुशी व्यक्त गर्दै सरकार र निजी क्षेत्रबिच सहकार्य गरेर अगाडि बढ्न सके औषधि आयात घटाउन सकिने बताए । उनले भने, ‘गत वर्ष ७० करोडको औषधि विदेश निर्यात गरेर नेपालबाट औषधि निर्यात गर्ने प्रसस्त संभावना रहेको देखाएकाले यसलाई भविश्यमा बढाउदै लैजानु पर्छ । ’ नेपालमा गुणस्तरीय ओषधि उत्पादनमा देउराली जनताले पुर्याएको योगदान उदाहरणिय भएको स्मरण गर्दै पुनले कम्पनीले नयाँ नयाँ रोग विरुद्घ औषधि उत्पादनमा लाग्नु पर्ने सुझाव दिए । एमाले महासचिव ईश्वर पोखरेलले रोजगारी सिर्जनामा मात्र नभएर गुणस्तरीय औषधि उत्पादनमा देउराली जनताले गरेको प्रगति प्रशंसनिय भएको बताए ।

 

समारोहमा देउराली जनता फर्मास्विटिकल्सका प्रवन्ध निर्देशक हरिभक्त शर्माले सरकारले औद्योगिक वातावरण बनाए अवको १० वर्ष भित्र औषधिमा नेपाललाई आत्मनिर्भर बनाउन सकिने दावी गरे । अहिले २७ अर्वको औषधि आयात गर्नु परिरहेको र १२ देखि १५ अर्बको औषधि स्वदेशमै उत्पादन भइरहेको जानकारी गराउदै औषधि सम्बन्धी पुराना निति परिवर्तन गरेर उद्योगमैत्री बनाउनु पर्ने बताए ।

सरकारले युवाजनशक्तीलाई कामका लागि विदेश पठाउनु भन्दा स्वदेशमै काम गरेर खाने वातावरण बनाउनु पर्ने उनको सुझाव छ । देशमा बढी एनजिओ खोल्नु भन्दा उद्योग खोल्न सकेमात्र देशले विकासमा फड्को मार्ने उनले बताए । उनले भने, ‘ एनजिओले देश विकास हुने भए ३६ हजार एनजिओ भएको हाम्रो देश उहिल्यै विकसित भइसक्थ्यो । एनजिओले मागेर खान मात्र सिकाउछ ।’

एक अर्ब ३१ करोड लगानीमा सञ्चालित देउराली जनताले प्रति सिफ्टमा १२ करोड गोटा ट्यावलेट, ८ करोड ५० लाख गोटा क्याप्सुल, १५ लाख लिटर झोल औषधि, ३ लाख केजी डाई पाउडर र एक करोड ट्युव मल्हम उत्पादन गर्ने गरेको छ । बार्षिकोत्सव समारोहमा १५ वर्ष सेवा गरेका कर्मचारी र यही माघ १३ गते भएको देउरालीयन्स रनका बिजेता कर्मचारीलाई पुरस्कृत गरिएको थियो ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article पाँच वर्षमा ३ सय ९२ को मिर्गौला प्रत्यारोपण
Next article  स्थानिय तहको स्वास्थ्य सेवा गोलमाल हुने अवस्थामा 

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 12th 11:51 AM
समाचार

पूर्वस्वास्थ्यमन्त्री पौडेल भन्छन, बोर्ड फेरेर मात्रै औषधिमा सुशासन आउँदैन

Jul 10th 9:55 AM
समाचार

अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षका लागि खुला आवेदन आह्वान

Jul 10th 8:15 AM
समाचार

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा वीर अस्पतालमा निधन

Jul 9th 12:04 PM
समाचार

छ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ उपकुलपति नियुक्त, न्याम्समा डा. विवेक

Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

Jul 3rd 11:46 AM
समाचार

अब सिंहदरबार भित्रै हुने भयो निजामती कर्मचारीको स्वास्थ्य जाँच

Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133311
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

34
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web