• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 19th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

के खाने, कहिले खाने र कसरी खाने ?

February 3rd, 2018 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
के खाने, कहिले खाने र कसरी खाने ?

 डा.ललितकुमार मिश्र,

राम्रो स्वास्थ्यको लागि सधैं सकारात्मक सोच राख्नुको साथै मौसमअनुसारको ताजा फलफूल, हरियो सागपात, गेडागुडी, दूध, दही, अन्डा, माछा, मासुको सेवन उचित मात्रामा गर्नु पर्दछ । चिकित्सकहरूले पनि आफ्ना बिरामीलाई रोगअनुसारको खानेकुराको  सल्लाह दिन्छन् नै । घरका ठूलाबडाले पनि यस प्रकारको शिक्षा आफ्ना छोराछोरी तथा नातिनातिनीलाई दिने गर्दछन् । कुरो ठीकै हो । अवस्था फरक छ, उहिले फलफूल, हरियो सागसब्जीलगायतका सबै चीजहरू मौसमअनुसार फल्ने फुल्ने गर्दथ्यो । मानिसहरू सिजनअनुसारको फलफूल, सागसब्जी खान्थे र हृष्टपुष्ट, स्वास्थ्य र दीर्घजीवी हुन्थे । तर, अचेल त वर्षैभरि सबै किसिमका फलफूलहरू हरियो तरकारी, गाउँघरमा लाग्ने सानो हाटबजारदेखि लिएर ठूलाठूला सहरका मल (सपिङ सेन्टर)हरूमा आकर्षक प्याकेजिङमा उपलब्ध हुन्छन् । मानिसहरू यिनै किनेर खाइरहेका छन् । यसका बाबजुद पनि मानिसमा धेरैजसो स्वास्थ्यसम्बन्धी समस्या हुनु अचेल सामान्य कुरो भइसकेको छ । यहाँ प्रश्न उठ्छ, के यी फलफूलहरू, हरियो सागसब्जी, दूध, दही, अन्डा, माछा, मासुमा पर्याप्त मात्रामा पोषकतत्व छ त ? के यी चिजहरू वास्तवमा तपाईंको परिवारको स्वास्थ्यको लागि पोषणयुक्त छ ? अचेल बढी उत्पादन एवं धेरै दिनसम्म बजारमा ताजा बनाई राख्नका लागि किसान वा थोक व्यापारीहरूले बढी मात्रामा रासायनिक मल, पेस्टिसाइडस् (कीटनाशक) एवं हार्मोन्सको इन्जेक्सनको प्रयोग गर्दछन् ।

मानिसमा विभिन्न प्रकारका स्वास्थ्यसम्बन्धी समस्याहरू पनि सोही रफ्तारमा बढिरहेको छ । भारतको  चित्तरञ्जन नेसनल क्यान्सर इन्स्टिच्युटले हालसालै गरेको एक अध्ययन रिपोर्टमा भनिएको छ, प्रायः गरी सागसब्जीहरूमा प्रयोग गरिने इन्सेक्टिसाइट र पेस्टिसाइड्सको अंश यी बजारमा बिक्री गर्न ल्याइने हरियो तरकारीहरूमा रहिरहन्छ । यसको सेवनले तमाम दूरगामी खालका रक्तविकार, नसासम्बन्धी रोग, श्वासप्रश्वाससम्बन्धी रोग एवं महिलामा प्रजननसम्बन्धी रोग हुने सम्भावना बढी हुन्छ । जस्तै, थकान महसुस हुनु, पसिना बढी आउनु, टाउको दुख्नु, रिंंगटा लाग्नु, हातखुट्टा झम्झमाउनु, मांसपेशीमा ऐठान हुनु, शरीरको तौल घट्नु, भोक नलाग्नु, निद्रामा कमी आउनु तथा महिलामा गर्भपतन हुनु आदिजस्ता यस रोगका लक्षणहरू हुन् । यसै प्रकार कोलकाता विश्वविद्यालय कृषि विभागले प्रकाशन गरेको एक रिपोर्टअनुसार सागसब्जीहरूमा लिड, निकिल, केडमियमजस्ता तत्वहरू बढी भएकोले अनेक प्रकारको पाचनसम्बन्धी रोग देखा पर्दछन् । जस्तै, पेट दुख्नु, पखाला लाग्नु, आऊँ (रगतमासी) हुनु आदि । यस प्रकार पेस्टिसाइड्सको दुष्प्रभावले गर्दा क्यान्सर, शारीरिक विकाससम्बन्धी रोग, बिकलांग बच्चा जन्मिनु या गर्भावस्थामा रोग लाग्ने सम्भावना बढिरहन्छ । व्यापारको दृष्टिले फर्म हाउसमा सागसब्जी वा फलफूलहरूको बढी उत्पादनको चाहनामा तथा मलखादको खर्चमा कटौती अथवा बचत गर्नको लागि बोटबिरुवामा आक्सिटोक्सिन (ग्रोथहार्मोन्स, चाँडै बढ्नको लागि दिइने इन्जेक्सन) को प्रयोग बढेको छ । जस्तै, भान्टा, लौका तथा गाईभैंसीलाई दूध बढी दिने सुई, कुखुराको मासुको तौल बढाउन, माछाको भुराको तौल चाँडै बढाउन प्रयोगमा ल्याइने हार्मोन्स प्रयोगबाट यसरी अस्वाभाविक रूपमा उत्पादन भएका सागसब्जी, फलफूल, तरकारीहरूलाई बढी समयसम्म ताजा बनाइराख्नको लागि टिन (जस्ता) या मेटलको पन्नीमा ¥यापगरी राख्ने गर्नाले (खाद्यपदार्थ) अझ संक्रमिक हुन सक्छ । यस्तो खाद्य पदार्थको सेवन लामो समयसम्म गर्नाले व्यक्तिको मृत्यु पनि हुन सक्छ ।

यस प्रकार समयभन्दा पूर्व काँचो फलफूलहरू केरा, आँपलाई पकाउनको लागि केल्सियम कार्बाइडमा राखिन्छ । काँचो आँप कार्बाइडनामक रसायनमा राख्नाले २४ घन्टामै आँप पाक्दछ । यदि कार्बाइडको मात्रा कम हुन गयो भने फलको बोक्राको रङ बदलिन्छ । तर, भित्रबाट फल काँचो नै रहन्छ । यदि रसायनको मात्रा बढी हुन गयो भने फल त पाक्दछ तर बेस्वाद र विषाक्त हुन्छ । राम्ररी नपकाइकन खाएको सागसब्जीहरूको सेवनले इससिरयाकोलाई, कलास्ट्रिडम, बेसिलेस सेलभनेला, लिस्टेरियानामक कीटाणुहरूको संक्रमण हुनाले पनि यस्ता रोग लाग्ने सम्भावना रहन्छ ।

यस्ता खानेकुराबाट छालासम्बन्धी समस्या, क्यान्सर, अजीर्ण (अपच) पेटमा ग्यास भरिनु, पेटमा दर्द, पेट बट्टारिनु, बान्ता हुनु, पखाला लाग्नु, रिंगटा लाग्नु, छालासम्बन्धी रोग र क्यान्सर आदिजस्ता रोगका लक्षणहरू उपभोक्तामा देखिन सक्छन् । यसबाट बच्नको लागि एउटैमात्र उपाय भनेको, सिजनअनुसारको सागसब्जी, फलफूल खाने हो । सकभर अर्गानिक सागसब्जी र फलफूलको सेवन गर्ने बानी बसालौं । हाटबजारबाट किनेर ल्याएको फलफूल या सागसब्जीलाई केहीबेर हल्का तातोपानीमा कम्तीमा ३० मिनेट जति डुबाएर राख्नुपर्छ । त्यसपछि राम्रोसँग धोइपखाली राम्रोसँग पकाएर खानुपर्छ । खाना खानु अगाडि र खाना खाइसकेपछि राम्रोसँग साबुनपानीले हात धुनुपर्छ । खाद्य पदार्थको विषाक्तता (फुडपोइजन) बाट हुने रोगहरूमा रोगीको अवस्था र लक्षणहरूको  आधारमा निम्नलिखित केही होमियोप्याथिक औषधिहरू प्रयोग गर्न सकिन्छ । आर्सेनिकएलबम, पोडोफाइलम, चाइना, बेलाडोना, एलोज, एलियमसिपा, कार्बोभेज आदि । यी औषधिहरू आफ्नो नजिकको योग्य तथा अनुभवी होमियोप्याथिक चिकित्सकसँग सल्लाह लिएर प्रयोग गर्नाले लाभदायक हुन्छ । अन्त्यमा खान सबैले जानेको हुन्छ, तर के खाने ? कहिले खाने र कसरी खाने ? भन्ने कुरा धेरैले जानेका हुँदैनन् । खानपिनमा नै हाम्रो स्वास्थ्य निर्भर छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मौसमी एलर्जीबाट कसरी बच्ने ?
Next article २३० महिलाको पाठेघर र स्तन क्यान्सर परिक्षण

Health Today Nepal

Related Posts

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

मधुमेहबाट बच्न सानो थाल

मधुमेहबाट बच्न सानो थाल

Leave a Reply Cancel reply

Timeline
Aug 19th 1:25 PM
समाचार

डब्लूएचओ र युएनएफपिएले स्वास्थ्य सेवा सुदृढ गर्न नयाँ कार्यक्रम सुरु गर्ने

Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134130
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

141
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

18
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

143
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web