• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 21st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

मधुमेह रोकथामकालागि सप्ताहब्यापी कार्यक्रम

February 8th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मधुमेह रोकथामकालागि सप्ताहब्यापी कार्यक्रम

हेल्थ टुडे

काठमाडौं : मधुमेह रोकथामका लागि डाइबेटिज नेपालले यही माघ २६ देखि फागुन ५ सम्म सप्ताहब्यापी जनचेतानमूलक कार्यक्रम आयोजना गर्ने भएको छ । डाइबेटिज नेपालले राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्दै  कार्यक्रमका बिषयमा जानकारी गराएको हो । खानपान, रहनसहन र शारिरीक व्यायाममा ध्यान दिन सके मधुमेह नियन्त्रण गर्न सकिन्छ भन्ने मुलमन्त्रका साथ डाइबेटिज नेपालले बिगत १० वर्ष देखि मधुमेह रोकथामका लागि विविद् कार्यक्रम गर्दै आइरहेको छ ।

सप्ताहव्यापी कार्यक्रम अन्तर्गत माघ २६ गते डाइटिसियनहरुका लागि, २७ गते अस्पतालका डाक्टरहरुका लागि तथा २८ र २९ गते नर्सहरुका लागि राजधानीको बागबजार स्थित पद्मकन्या कलेजमा मधुमेह नियन्त्रणका लागि भइरहेको प्रयास र आधुनिक औषधिका बिषयमा केन्द्रित रहेर चेतनामूलक गोष्ठीको आयोजना गरिने भएको छ । त्यसैगरि फागुन २ गते चितवनस्थित चितिवन मेडिकल कलेजमा चिकित्सकहरुका लागि डाइबेटिज सम्बन्धी सेमिनार आयोजना हुने छ भने फागुन ४ गते राजधानीको बागबजार स्थित हार्दिक होटेलमा बार्षिक डाइबेटिज इडुकेयर कार्यशाला आयोजना हुने जनाइएको छ ।

कार्यक्रमको अन्तिम दिन अर्थात फागुन ५ गते नेपाल, भारत र बेलायतको वरिष्ठ चिकित्सकहरुको सहभागितामा ‘इन्डो नेपाल युके’ प्रोफेसनल कन्फरेन्स अफ डाइबेटिज सम्मेलन आयोजना हुने छ । उक्त सम्मेलनमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. मृगेन्द्रराज पाण्डेलाई लाइफ टाइम अचिभ्मेन्ट अवार्ड प्रदान गरिने कार्यक्रम रहेको डाइबेटिज नेपालले जारी गरेको विज्ञप्ति मार्फत  जनाएको छ ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article यौनसम्पर्क कति लामो राम्रो ?
Next article प्रदेशमा छुट्टै स्वास्थ्य मन्त्रालय नराखेकोमा चिकित्सक संघको विरोध

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 21st 7:26 AM
समाचार

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त

Aug 19th 1:25 PM
समाचार

डब्लूएचओ र युएनएफपिएले स्वास्थ्य सेवा सुदृढ गर्न नयाँ कार्यक्रम सुरु गर्ने

Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134198
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

143
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

13
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

147
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web