• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 22nd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

प्रदेश ७ मा पनि छुट्टै स्वास्थ्य मन्त्रालय माग

February 12th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
प्रदेश ७ मा पनि छुट्टै स्वास्थ्य मन्त्रालय माग

हेल्थ टुडे,

धनगढी, २९ माघ :  सरकारले स्वास्थ्य मन्त्रालयलाई समाजिक विकास मन्त्रालयमा गाभी कनिष्ठ कर्मचारीलाई स्वास्थ्य महासाखाको नेतृत्व गर्ने गरि १० जनाको मात्र दरबन्दी स्विकृत गरेकोमा त्यसको विरोध गर्दै प्रदेश ७ का स्वास्थ्य क्षेत्रमा क्रियाशिल १९ वटा ट्रेड युनियन र पेसागत संगठनहरुले  प्रधानमन्त्री एवं मन्त्रीपरिषद्को कार्यालयलाई ज्ञापन पत्र बुझाएका छन् ।

मुख्य मन्त्रीको कार्यालयका मुख्य सचिव मार्फत उनीहरुले प्रदेशमा छुट्टै स्वास्थ्य मन्त्रालय, त्यसको नेतृत्व सचिवले गर्नु पर्ने र मन्त्रालय मातहत स्वास्थ्य सेवाका कर्मचारीलाई मात्र हुनु पर्ने माग राख्दै ज्ञापन पत्र बुझाएका हुन । समान्य प्रशासन मन्त्रालय र स्वास्थ्य मन्त्रालयको भावना र योजना विपरित माघ १० गतेको मन्त्रीपरिषद्ले प्रदेशमा रहने समाजिक विकास मन्त्रालय मातहत स्वास्थ्यलाई राख्ने र उक्त महासाखामा ९ औं वा १० औं तहका कर्मचारीले नेतृत्व गर्ने गरि १० जनाको मात्र दरबन्दी स्विकृत गरेर स्वास्थ्य सेवाका कार्यरत सबै कर्मचारीको मनोबल खस्केको उल्लेख गर्दै ज्ञापनपत्रमा तत्काल निर्णय पुनर्विचार गर्न आग्रह गरिएको छ । निजामती कर्मचारीको झण्डै आधा संख्यामा रहेका स्वास्थ्य सेवाका कर्मचारीलाई बेवास्ता गरिएकोले बाध्य भएर आवाज उठाउनु परेको उनीहरुको ठहर छ ।

ज्ञापनपत्र बुझाउनेमा नेपाल जनस्वास्थ्य संघ, नेपाल चिकित्सक संघ, नेपाल नर्सिङ संघ, मेडिकल ल्यावोरेटोरी एसोसिएसन अफ नेपाल, नेपाल असिस्टेन्ट संघ, नेपाल आयुर्वेद चिकित्सक संघ, नेपाल स्वास्थ्यकर्मि संघ, नेपाल स्वास्थ्यकर्मी युनियन लगायतका १९ संगठन छन । सरकारको यो निर्णयको स्वास्थ्य मन्त्रालयले समेत विरोध गर्दै निर्णय सच्याउन प्रधानमन्त्रीको कार्यालयलाई पत्र पठाइसकेको छ । त्यसैगरि सात वटै प्रदेशका स्वास्थ्य मन्त्रालय मातहतका कर्मचारीले यस अगाडि नै ज्ञापन पत्र बुझाइसकेका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बझाङ जिल्ला अस्पताललाई निक साइमन्सको आवासगृह
Next article जनस्वास्थ्यमाथि धनस्वास्थ्यको दबदबा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 21st 6:22 AM
समाचार

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार

Jul 20th 9:05 AM
समाचार

भारतीय बजार मूल्यलाई आधार बनाएर औषधिको मूल्य समायोजन गरिने

Jul 19th 9:04 AM
बिशेषज्ञ लेख

रगत जाँच गराएर रोग पत्ता लगाउन सकिन्छ थाइराइड

Jul 18th 9:28 AM
स्वास्थ्य विशेष

शान्तलाल मुल्मी :  स्वास्थ्य अधिकार र शिक्षा सुधारका गान्धीवादी अभियन्ता 

Jul 17th 10:12 AM
समाचार

स्वास्थ्य मन्त्रालयमा ठूलो पुनर्संरचनाको तयारी, ३ विभाग र अतिरिक्त सचिव पद खारेज गर्ने मस्यौदा

Jul 18th 7:59 AM
समाचार

स्वास्थ्य मन्त्रीको सचिवालय अव ५ सदस्यीय हुने

Jul 17th 9:45 AM
समाचार

युवाका आकांक्षा समेट्न जनसांख्यिकीय नीति बनाउन सरकार र युएनएफपिएको जोड

Jul 17th 9:12 AM
समाचार

मनिता मृत्यु प्रकरणमा एभरेस्ट अस्पताल र डा. ज्योत्सनाको लापरबाही पुष्टि

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133444
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

88
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

79
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web