डा. सुवास घिमिरे,
मुख स्वास्थ्यका लागि दिनमा कम्तिमा पनि ब्रस गर्नु पर्छ । तर ब्रस गर्दैमा मुख स्वस्थ्य भइन्छ भन्ने होइन । हामीले ब्रस गर्नु पर्छ भन्ने जानकारी दिएका छौ तर नगर्दा के हुन्छ भन्ने कुरा बुझाएका छैनौ । मुख स्वास्थ्यका बिषयमा अझै धेरै बुझाउन र बुझ्न बाकी छ । हामीले कस्तो खाना खान्छौ ? कति बेला खान्छौ ? कति मात्रामा खान्छौ ? भन्ने कुरा मुख स्वास्थ्यसंग जोडिएर आउछ । हामी जुनसुकै खानेकुरा पनि मुखबाटै खान्छौ । शरीरलाई हानी गर्ने खानेकुरा खाएनौ भने मात्र हामी स्वस्थ्य हुन्छौ । मुखको स्वादको कारण चाहिने भन्दा बढी खाना खादा अस्वस्थ भइन्छ । पेट सम्बन्धी अधिकांश रोगको कारण मुख हो । हामी चिकित्सक कहाँ जाच गराउन गयौ भने आ गर्नुस भन्छ । जिब्रो हेर्छ । मुखका कारण हामी रोगी बन्छौ । झाडापखाला जस्ता रोगको कारण मुख स्वास्थ्य हो । रेगुलेटरी बडी मुख स्वास्थ हो । सरकारले झाडापखाला जस्ता रोगको उपचार नि शुल्क गरेको छ । तर यी सबै मुख स्वास्थका कारण भइरहेको छ भन्ने बिर्सेको छ । अरु रोगमा अनुदान दिए जस्तै मुख स्वास्थमा महत्व दिन सकियो भने अहिलेका ७० प्रतिसत रोग निको हुन्छ । स्वास्थ्यका विषयमा चेतना दिनु पर्यो । धनी देशमा मुख स्वास्थ्यमा महत्व दिन्छ । हाम्रै नेपाली बिदेशबाट उपचार गर्न आउदैन । विकाससिलमा नसर्ने रोग बढ्दैछन । धनीमा घट्दै छन ।
किनकी उनीहरु मुख स्वास्थ्यलाई बढी महत्व दिन्छन । बिदेशी मुख केयरमा ध्यान दिन्छ । नेपालीको मुख स्वासथ्यलाई केयर गर्दैन । के फरक पर्छ र भन्ने छ । हाम्रा मान्छे ६० वर्षमा मेरो छोराले गर्छ भन्छ । दात स्वास्थ्य ख्याल गर्ने मान्छेको आयु बढ्छ । पेट सम्बन्धी रोग लाग्दैन । आत्मबल हुन्छ । चपाएर खान सक्छ । बुढ्यौलीपन घट्छ । युवा देखिन्छ । जिवन सहज हुन्छ । एक मान्छे स्वस्थ्य हुन ५० प्रतिसत साइलोजोकिल हुन्छ । डाक्टरले बोल्दा राम्रो हुन्छ । विचारमा पनि भर पर्छ । मुख स्वास्थ्य र खानेकुरामा मात्र ध्यान दिने हो भने ४० प्रतिसत निको हुन्छ । १० प्रतिसत मात्र डाक्टरलाई देखाउनु पर्छ । मुख स्वास्थ्यको महत्व नजानेर, नबुझेर हामी अन्तिममा उपचारमा जान्छौ । मुख स्वास्थ्यलाई ध्यानमा राख्ने हो भने आउट पुट पनि दिन सक्छ । १० वर्ष पहिले सिमित मान्छेको पहूचभित्र मात्र दातको उपचार थियो । उपचार गर्ने क्रम बढेको छ । तर मुख स्वास्थ्यको अवस्था भयाभव छ । ९० प्रतिसतमा छ । पहिले सहरमा बढी थियो गाउमा कम थियो । अहिले उल्टा छ । विदेश गए चक्लेट, जड फुड खान सिके । तर कियर गर्न सिकेनन । सहरमा अलि उपचार गराउनु पर्ने अवस्था छ । पहिलेभन्दा चेतना बढेको पक्कै छ । डेन्टल क्लिनिक बढी खुलेका छन । यो सरकारात्म हो । सबैले उपचार पाउनु पर्छ । सबैभन्दा बढी रक्सी खाने, चुरोट खाने ,जड फुड खाने, चाउचाउ गाउमै बिक्री हुन्छ । प्राकृतिक बस्तु, खाद्यान हराउने क्रममा छन । सरकारले नीतिगत रुपमा शिक्षा क्षेत्रमा, स्वास्थ्यमा फोकस गर्न आवश्यक छ । भारतमा मेडिकल टुरिजमको सुरुवात गरेको छ । डेन्टल टुरिजमका लागि वातावरण बनाउन सकिन्छ । यहा त प्राकृतिक वातावरण छ । एकमदै सस्तो छ । अन्तर्राष्टिय स्तरको डेन्टल हस्पिटल खोल्नु पर्छ । पर्यटकले यहा मज्जाले उपचार गराउन सकोस । यसमा लगानी गर्नेलाई सरकारले सहुलियत ऋण दिनु पर्छ । सरकारले हामीलाई बाध्नु पर्यो । कर तिर्नु बाहेक मलाई के गरेको छ र ? बरु मैले सहयोग गरेको छु । हामीसंग दक्ष जनशक्ति देखि संभावना सबै छ । यो सेवा व्यवस्थित हुनु पर्छ । दन्त सहायकले सिएमएले अस्पताल पठाए जस्तै डाक्टरसम्म पठाउनु पर्छ । दात स्वास्थ्य त प्राथमिकतामा नै छैन । सरकारकोे डेन्टल हस्पिटल नै छैन । उपचारका क्रममा डाक्टरमात्र इमान्दार भएर भएन बिरामी र आफन्त पनि इमान्दार हुनु पर्छ । जसले पनि डाइभर्ट हुन सक्छ । आफु इमान्दार हुनु पर्छ । अर्काले के भन्दा कुरै होइन । दातमा खर्च गर्नु पर्छ भन्ने कुरा बढेको छ । दात विग्रने कारणमा गुलियो खाने, जड फुड खाने, दात नमाझ्ने, स्वादका लागि मसालदार खानेकुरा खाने, पानी कम पिउने, धूमपान मध्यपान सेवन गर्ने कारणले दात बिग्रन्छ । बिचको मान्छेमा दात बिग्रने संभावना बढी छ । टिनएजरमा हार्मोनल चेन्ज आउछ । गिजाको समस्या बढी छ । ओरल हेल्थलाई पाठ्यक्रममै उल्लेख हुनु पर्छ । (डा. घिमिरे, ओम समाज डेन्टल हस्पिटल, चावहिलका कार्यकारी निर्देशक हुन । )
Leave a Reply