हेल्थ टुडे,
काठमाडौ : स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले आफ्ना श्रीमान् डा. श्रवण चौधरीलाई दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्ट्रार बनाउन दिएको दवाव त्यहाका अधिकारीले नमाने पछि प्रतिष्ठानको कामकारबाहीमा अवरोध गरेकी छन । उनको अवरोधका कारण प्रतिष्ठानको काम ठप्प भएको छ । प्रतिष्ठानको ऐन अनुसार राप्ती उपक्षेत्रीय अस्पताल प्रतिष्ठान मातहत जानुपर्ने भए पनि चौधरीले अस्पताललाई अख्तियारी दिएकी छैनन् । मन्त्रालय स्रोतका अनुसार डा. चौधरीले आफ्ना पति डा. श्रवण चौधरीलाई प्रतिष्ठानको रजिष्ट्रारमा नियुक्ति गर्न दबाब दिएकी थिइन । नियुक्ति नपाएपछि सचिव चौधरीले प्रतिष्ठानमा अवरोध खडा गरेकी हुन् ।
उनले प्रतिष्ठानका पदाधिकारीहरुलाई स्वास्थ्य मन्त्रालयमै हाजिर हुन समेत दबाब दिइरहेकी छन । तर मन्त्रालयका अरु काममा व्यस्त रहेकाले प्रतिष्ठानको काममा ढिलाइ भएको उनको दाबी छ । २०७४ माघ २२ गते प्रधानमन्त्री तथा कुलपति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको प्रतिष्ठानको पहिलो सिनेट बैठकले शिक्षक तथा कर्मचारी सेवाको सर्त तथा सुविधा सम्बन्धी नियमावली, २०७४ लाई आवश्यक परिमार्जन गरी ७ दिनभित्र सहकुलपति तथा स्वास्थ्यमन्त्री समक्ष पेश गर्ने निर्णय गरेको थियो । तर सचिवले १० दिन बितिसक्दा पनि परिमार्जन समितिको बैठक बसाउन मानिरहेकी छैनन् । अवरोधका बीच प्रतिष्ठानकी उपकुलपति डा संगीता भण्डारी जिम्मेवारी सम्हालेर काम अगाडि बढाउन तयार रहेको बताउँदै आएकी छिन ्। तर स्वास्थ्य सचिवले काम गर्ने वातावरण बनाउन नसकेको उनको भनाइ छ ।
Leave a Reply