• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 22nd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

यसरी कम गर्न सकिन्छ कपाल झर्न

February 19th, 2018 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
यसरी कम गर्न सकिन्छ कपाल झर्न

डा. अपर्णा कर्ण,

कपाल झर्न कम गर्न सकिन्छ । कपाल झर्ने अवस्था आउन नदिन पनि सकिन्छ । एकदम जोडले बुरुस लगाउने वा मालिस गराउने इत्यादि प्रक्रियाले झन् कपाल झर्छ । दिनहुँ नुहाउनाने कपाल झर्छ भन्नु ठीक होइन । कपाल फोहोर भयो भने कपाल झर्छ । त्यसैले कपाल दिनहुँ सफा गर्नु नै उपयुक्त हुन्छ । स्याम्पु वा साबुन बदलीबदली लगाउनुभन्दा एकै किसिमको उपयुक्त हुने साबुन वा स्याम्पु प्रयोग गर्नुपर्दछ । कपालमा जुम्रा पर्न दिनु हुँदैन । एक त जुम्राले कपालको जरालाई कमजोर बनाइदिन्छ भने अर्को कपाल धेरै कन्याउँदा घर्षणले गर्दा पनि कपालको जरा कमजोर हुन जान्छ । त्यस्तै कपालमा चाया पर्न दिनु हुँदैन । कपालमा चाया परेमा सेलसन स्याम्पुले दिनमा एक चोटी कपाल नुहाउनुपर्दछ । अर्काको काइँयो प्रयोग गर्नु हुँदैन ।

डन्डीफोर, चाया र कपाल झर्ने प्रक्रिया साधारणतया तीनवटै सँगसँगै देखिने गरेको छ । यी रोगको चिकित्सा एकैसाथ गर्नुपर्दछ । कपाल सफा गरेर तोरीको तेल वा नरिवलको तेल लगाउने अभ्यासबाट पनि धेरैलाई फाइदा भएको देखिएको छ । दुई तीन चोटी १५–१५ दिनको अन्तरमा कपाल खौरिएर लाभान्वित हुनेहरू पनि धेरै देखिएका छन् । यसो गर्दा नयाँ कपालको जरा बलियो हुन्छ । तर, त्यो समयको अन्तरालमा पौष्टिक आहारको भने कमी हुन दिनु हुन्न । कपालको स्वास्थ्यको लागि पौष्टिक आहाराको ठूलो भूमिका रहेको हुन्छ । पौष्टिक तत्वको कमीले पनि कपाल कमजोर हुने, एउटा कपाल दुई भागमा छुट्टिन सक्ने इत्यादि हुन्छ । प्रोटिन, भिटामिन तथा फलामजस्ता तत्वहरू कपालको स्वास्थ्यको लागि महत्वपूर्ण हुन आउँछ । कपाल धेरै चलाउने वा चिन्ताले कपाल तान्ने बानी छोडनु पर्दछ । केटाकेटीको कपाल तानातानको खेललाई पनि प्रश्रय दिनु हुँदैन । कुन रोगबाट कपाल झर्न थालेको हो भन्ने कुरा पत्ता लगाउन सकिएमा उपचार हुन सक्ने हुनाले चिकित्सकको सल्लाह लिनु आवश्यक देखिन्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article पेरिओडेन्टोलोजी एण्ड ओरल इम्प्लान्टोलोजीको चौथो सम्मेलन सुरु
Next article डा. मृगेन्द्रराज पाण्डेलाई ‘लाइफटाइम डाइबेटिज अवार्ड’

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Jul 21st 6:22 AM
समाचार

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार

Jul 20th 9:05 AM
समाचार

भारतीय बजार मूल्यलाई आधार बनाएर औषधिको मूल्य समायोजन गरिने

Jul 19th 9:04 AM
बिशेषज्ञ लेख

रगत जाँच गराएर रोग पत्ता लगाउन सकिन्छ थाइराइड

Jul 18th 9:28 AM
स्वास्थ्य विशेष

शान्तलाल मुल्मी :  स्वास्थ्य अधिकार र शिक्षा सुधारका गान्धीवादी अभियन्ता 

Jul 17th 10:12 AM
समाचार

स्वास्थ्य मन्त्रालयमा ठूलो पुनर्संरचनाको तयारी, ३ विभाग र अतिरिक्त सचिव पद खारेज गर्ने मस्यौदा

Jul 18th 7:59 AM
समाचार

स्वास्थ्य मन्त्रीको सचिवालय अव ५ सदस्यीय हुने

Jul 17th 9:45 AM
समाचार

युवाका आकांक्षा समेट्न जनसांख्यिकीय नीति बनाउन सरकार र युएनएफपिएको जोड

Jul 17th 9:12 AM
समाचार

मनिता मृत्यु प्रकरणमा एभरेस्ट अस्पताल र डा. ज्योत्सनाको लापरबाही पुष्टि

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133429
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

77
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

66
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web