• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 21st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्यका नियुक्ती पनि खारेज हुन्छन : पण्डित

February 17th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्यका नियुक्ती पनि खारेज हुन्छन : पण्डित

हेल्थ टुडे

काठमाडौं, ५ फागुन : नव नियुक्त जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले निर्वाचन सम्पन्न भएपछि निवर्तमान सरकारले गरेका नियुक्ती र निर्णय खारेज हुने बताएका छन् । स्वास्थ्य मन्त्रालयमा भएका महत्वपूर्ण नियुक्ती समेत वर्तमान सरकारले खारेज गर्ने उनको बताएका हुन । शनिबार सञ्चारकर्मिहरुसँग कुरा गर्दै मन्त्री पण्डितले नियम कानून भन्दा बाहिर गएर आर्थिक प्रलोभनमा परेर गरिएका सचिवसहितका नियुक्ती खारेज गरिने दाबी गरेका हुन ।

सरकारले चाडै पूर्णता पाउने र स्वास्थ्य लगायतका सबै मन्त्रालयमा गरिएका नियुक्तीको बैधानिकता अध्ययन गरेर खारेज गरिने उनले जानकारी दिए । स्वास्थ्य मन्त्रालयमा आर्थिक चलखेल गरेर निवर्तमान स्वास्थ्य मन्त्री दीपक बोहोराले मन्त्रालयको सचिव देखि सरकार छोड्ने दिन समेत स्वास्थ्य सेवा विभागमा नयाँ निर्देशक नियुक्त गरेका थिए । बोहोराले आर्थिक लेनदेनकै आधारमा अख्यितारले कारावाहीका लागि सिफारिस गरेकी विवादास्पद् डा. पुष्पा चौधरीलाई पुष १३ गते स्वास्थ्य मन्त्रालयको सचिवमा नियुक्त गरेका थिए । त्यसैगरि उनले पुष ३० गते स्वास्थ्य सेवा विभागको महानिर्देशकबाट डा. राजेन्द्र पन्तलाई हटाएर डा. तारा पौडेललाई नियुक्त गरेका थिए । मन्त्री बाहोराको निर्णयलाई चुनौति दिदै डा. पन्त पुनर्वहालीको माग गर्दै अदालत गए पछि सर्वोच्चले पन्तका पक्षमा फैसला दिएको थियो । अदालतको फैसलालाई समेत चुनौति दिदै डा. पन्तलाई पुनर्वहालीको पत्र दिएको दुई दिनमा स्वास्थ्य सचिव डा. चौधरीको सल्लाहमा मन्त्री बोहोराले डा. विनोदमान श्रेष्ठलाई विभागको महानिर्देशक बनाउने निर्णय गरेका थिए । बोहोराले मन्त्रालय मातहतका निकायमा सरुवा आतंकनै मच्याएका थिए । प्रधानमन्त्री केपी ओलीले पनि कानून विपरित र विवादास्पद निर्णय खारेज गरिने बताउदै आएका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सिरहाको विष्णुपुर पूर्ण खोपयुक्त
Next article सिटामोल समेत पाउन छोड्यो डोल्पाका स्वास्थ्य चौकीमा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 21st 6:22 AM
समाचार

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार

Jul 20th 9:05 AM
समाचार

भारतीय बजार मूल्यलाई आधार बनाएर औषधिको मूल्य समायोजन गरिने

Jul 19th 9:04 AM
बिशेषज्ञ लेख

रगत जाँच गराएर रोग पत्ता लगाउन सकिन्छ थाइराइड

Jul 18th 9:28 AM
स्वास्थ्य विशेष

शान्तलाल मुल्मी :  स्वास्थ्य अधिकार र शिक्षा सुधारका गान्धीवादी अभियन्ता 

Jul 17th 10:12 AM
समाचार

स्वास्थ्य मन्त्रालयमा ठूलो पुनर्संरचनाको तयारी, ३ विभाग र अतिरिक्त सचिव पद खारेज गर्ने मस्यौदा

Jul 18th 7:59 AM
समाचार

स्वास्थ्य मन्त्रीको सचिवालय अव ५ सदस्यीय हुने

Jul 17th 9:45 AM
समाचार

युवाका आकांक्षा समेट्न जनसांख्यिकीय नीति बनाउन सरकार र युएनएफपिएको जोड

Jul 17th 9:12 AM
समाचार

मनिता मृत्यु प्रकरणमा एभरेस्ट अस्पताल र डा. ज्योत्सनाको लापरबाही पुष्टि

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133400
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

72
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

59
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web