हेल्थ टुडे,
काठमाडौं : नेपलिज सोसाइटी अफ पेरिओडेन्टोलोजी एण्ड ओरल इम्प्लान्टोलोजीको चौथो बार्षिक सम्मेलन शुक्रबारदेखि राजधानीको गोकर्ण भिजेल रिसोर्टमा सुरु भएको छ । दुईदिनसम्म चल्ने सम्मेलनमा नेपाल, भारत, इटली, पोर्चुगललगायत देशका दन्तरोग विशेषज्ञहरुको सहभागिता छ ।
सम्मेलनको उद्घाटन गर्दै सोसाइटीकी अध्यक्ष डा.रिता सिंहले देश विदेशका दन्तरोग विशेषज्ञ एउटै थलोमा भेला भएर अनुभव आदानप्रदान गर्न सम्मेलन फलदायी हुने विश्वास व्यक्त गरिन । सम्मेलनमा दन्तरोग विशेषज्ञ प्रा.डा. गोइभन्नी घिर्लान्डी, डा. जेसन जेकोव, डा. अभय लम्बाले कार्यपत्र प्रस्तुत गर्दै दन्तरोग उपचारका क्षेत्रमा विश्वमा भइरहेका आधुनिक उपचार प्रविधि र दन्त प्रत्यारोपणका बिषयमा अनुभव आदानप्रदान गरेका थिए ।
कार्यक्रममा सोसाइटीकी अध्यक्ष डा. सिंह र महासचिव डा. रञ्जिता श्रेष्ठ गोर्खालीले सम्मेलनमा सहभागी हुन आएका वरिष्ठ दन्तरोग विशेषज्ञहरुलाई खादा र नेपाली टोपी लगाएर सम्मान गरेका थिए । सोसाइटीको संस्थापक अध्यक्ष डा. सैली प्रधानले हुर्कदै गरेको संस्थालाई अगाडि बढाउन सबैको जिम्मेवारी रहेको बताइन । कार्यक्रममा रोषनी श्रेष्ठलाई सैली प्रधान अवार्ड प्रदान गरिएको थियो । सन् २०१४ मा स्थापना भएको सोसाइटीमा ३९ जना लाइफ म्याम्बर र १६ जना रेजिडेन्ट लाइफमेम्बर छन् ।
Leave a Reply