• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 12th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

जनचेतनाको अभावले स्वास्थ्य बीमामा न्यून आबद्ध

March 1st, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
जनचेतनाको अभावले स्वास्थ्य बीमामा न्यून आबद्ध

काँकडभिट्टा, १७ फागुन :जनचेतनाको अभावले गर्दा सरकारले लागू गरेको स्वास्थ्य बीमा सेवामा आबद्ध हुनेहरुको संख्या मेचीनगरमा अति न्यून पाइएको छ । पाँचजनासम्मको परिवारमा रु दुई हजार ५०० बीमा रकम तिर्दा एक वर्षसम्म रु ५० हजारको स्वास्थ्य उपचार सेवा निःशुल्क पाइने गरी सरकारले झापासहित अन्य जिल्लामा स्वास्थ्य बीमा लागू गरेको छ ।
तर बीमाको फाइदा बुझ्न नसकेर र बुझाउने अभियानको कमीका कारण मेचीनगरमा बीमामा आबद्ध हुनेहरु न्यून भएका हुन् ।
झापामा गत मंसिरदेखि स्वास्थ्य बीमा लागू भएको हो । तर मेचीनगरमा गत साढे तीन महिनामा दुई हजार १६१ जनाले मात्र बीमाको सदस्यता लिएका छन् । झापा जिल्लाका सबै १५ स्थानीय तहमा यो बीमा लागू भइसकेको छ भने हालसम्ममा ३७ हजार ९१९ जनाले बीमा गराइसकेका छन् । मेचीनगरको जनसंख्या हाल एक लाख ११ हजार ७९७ रहेको छ ।
मेचीनगरका बीमा दर्ता अधिकारी दिलीप पोखरेलका अनुसार मेचीनगरको वडा नं १० मा सबैभन्दा बढी ५१५ जनाले बीमा गराएका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ब्लड बैंक फेरि प्रदर्शनीमार्गको पुरानै ठाँउमा बन्ने
Next article बङ्गलादेशको प्रधानमन्त्री गोल्ड मेडलबाट डा. पन्थी सम्मानित

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134333
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web