• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 9th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

विशेषज्ञ चिकित्सक लाइसेन्स परीक्षामा ४६ प्रतिशत डाक्टर फेल

March 12th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
विशेषज्ञ चिकित्सक लाइसेन्स परीक्षामा ४६ प्रतिशत डाक्टर फेल

काठमाडौं, २८ फागुन : नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ चिकित्सक लाइसेन्स परीक्षामा ५४ प्रतिशत डाक्टर पास भएका छन् ।काउन्सिलले २६ फागुन (शनिबार)मा लिएको परीक्षामा ४६ प्रतिशत डाक्टर फेल हुँदा विशेषज्ञताको लाइसेन्स लिनबाट वञ्चित भएका छन् ।फेल हुने अधिकांश डाक्टर विदेशमा अध्ययन गरेका छन् । काउन्सिलले विशेषज्ञ चिकित्सकका रूपमा काम गर्न अनुमति दिन वर्षमा चारपटक विशेषज्ञ चिकित्सक लाइसेन्स परीक्षा गराउँदै आएको छ ।

‘यसअघि ७० प्रतिशत डाक्टर विशेषज्ञ चिकित्सक लाइसेन्स परीक्षामा पास भएका थिए’, मेडिकल काउन्सिलका रजिस्ट्रार डा. दिलीप शर्माले भने, ‘यसपटक ५४ दशमलव ४ प्रतिशत डाक्टर मात्रै पास भए ।यो संख्या अत्यन्तै न्यून हो ।’ चार महिनाको अवधिमा १६ प्रतिशतले पासदरमा कमी आउनुलाई गम्भीर रूपमा लिएको काउन्सिलले जनाएको छ ।चिकित्सा क्षेत्रमा देखिएको बन्दहडताल आन्दोलनको प्रत्यक्ष प्रभाव रिजल्टमा परेको हुन सक्ने काउन्सिलको अनुमान छ ।डा. शर्माका अनुसार यसपटकको परीक्षामा ३९ विधामा डाक्टरहरूले परीक्षा दिएका थिए । ३ सय २२ जनाले परीक्षा फारम भरे पनि चारजना अनुपस्थित थिए । ३ सय १८ जना डाक्टरले परीक्षा दिएकोमा १ सय ७३ जना मात्रै पास भएको डा. शर्माले बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article भरतपुर अस्पतालमा अक्सिजन उत्पादन शुरु
Next article विमान दुर्घटनामा घाईतेहरुको ५ हस्पिटलमा उपचार हुँदै

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

Sep 23rd 1:07 PM
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

Sep 20th 9:57 AM
स्वास्थ्य विशेष

पिसाब चुहिने समस्या र त्यसको निदान

Sep 20th 9:13 AM
समाचार

वीर अस्पतालमा गरिएको अध्ययनले भन्यो, समयमै पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिन्छ

Sep 20th 8:54 AM
समाचार

बजेट अभावमा अलपत्र अस्पताल

Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131931
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

17
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web