• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 14th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

भक्तपुर औद्योगिक क्षेत्रमा निःशुल्क स्वास्थ्य क्लिनिक

March 15th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
भक्तपुर औद्योगिक क्षेत्रमा निःशुल्क स्वास्थ्य क्लिनिक

भक्तपुर, १ चैत : भक्तपुरका बासिन्दा र मजदूर वर्गलाई लक्षित गरी भक्तपुर औद्योगिक क्षेत्र व्यासीमा आजबाट निःशुल्क स्वास्थ्य क्लिनिक सञ्चालनमा आएको छ ।भक्तपुर उद्योग वाणिज्य संघ, जिल्ला समन्वय समिति भक्तपुर, लायन्स क्लब अफ भक्तपुर र डा इबामुरा मेमोरियल अस्पतालले संयुक्त रुपमा निःशुल्क स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याएको हो ।भक्तपुर नगरपालिकाका प्रमुख सुुनिल प्रजापतिले आज क्लिनिकको उद्घाटन गर्दै नगरपालिकाले निकट भविष्यमा आफ्नै अस्पताल सञ्चालनको तयारी गरिरहेको बताउँदै यो अवस्थामा यहाँका बासिन्दालाई लक्षित गरी निःशुल्क क्लिनिक सञ्चालन गर्नु उपलब्धिमूलक हुने बताउनुभयो ।

सो अवसरमा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद प्रजापतिले औद्योगिक क्षेत्रका कामदार र भक्तपुरका विपन्न परिवारका लागि निःशुल्क क्लिनिकले सहयोग पु¥याउने बताउनुभयो ।कार्यक्रममा डा इवामुरा मेमोरियल अस्पतालका व्यवस्थापक रञ्जित मारिखुले हरेक दिन बिहान ८ देखि १० बजेसम्म सञ्चालन हुने क्लिनिकमा इवामुरा अस्पतालको प्राविधिक सहयोग रहने बताउँदै बिरामीलाई निःशुल्क औषधिसमेत वितरण गरिने बताउनुभयो ।स्वास्थ्य समस्या लिएर घरमै बस्ने तर अस्पताल नजाने धेरै विपन्न परिवार भक्तपुरमा रहेको गुनासो आएपछि टोलमै स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले क्लिनिक शुरु गरिएको उहाँको भनाइ थियो । आवश्यकता र बिरामीको चाप बढेमा क्लिनिक सञ्चालनको समयलाई बढाउँदै लैजाने बताउँदै शनिबार भने क्लिनिक बन्द हुने बताउनुभयो ।क्लिनिकमा आज २०० जनाले स्वास्थ्य परीक्षण गर्नाका साथै निःशुल्क औषधि वितरण गरिएको छ । दाँत, नशा, हाडजोर्नी, स्त्री रोगलगायतका परीक्षण गरिएको थियो ।

महिलामा बढ्दो पाठेघरको समस्या

त्यसैगरी डा इवामुरा मेमोरियल अस्पतालले चाँगुनारायण नगरपालिका–९ ताथली स्वास्थ्य चौकीमा सञ्चालन गरेको निःशुल्क पाठेघर परीक्षणमा अधिकांश महिलाको पाठेघरमा समस्या रहेको पाइएको छ ।

अस्पतालले बुधबार आयोजना गरेको परीक्षणमा ९२ जना महिलाको पाठेघरको परीक्षण गर्दा चार महिलाको पाठेघर खस्ने समस्या रहेको, अधिकांश महिलाको तल्लो पेट दुख्ने, सेतो पानी बग्ने र महिनावारी नियमित नहँुदा प्रसूति समस्या बढेको पाइएको अस्पतालका व्यवस्थापक रञ्जित मारिखुले जानकारी दिनुभयो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article किन हुन्छ हाडनाताबीच विवाह ?
Next article जति बढी बच्चा जन्मायो, उति बढी प्रोत्साहन रकम

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132572
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

31
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

28
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

23
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web