• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

रत्ननगर बन्यो पूर्ण खोपयुक्त नगर

March 28th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
रत्ननगर बन्यो पूर्ण खोपयुक्त नगर

चितवन, १४ चैत : चितवनको रत्ननगर नगरपालिकालाई पूर्ण खोपयुक्त नगर घोषणा गरिएको छ ।रत्ननगर नगरपालिकाको सबै वडाका बालबालिकालाई आवश्यक पर्ने सबै प्रकारका खोप लगाएपछि मंगलबार पूर्ण खोपयुक्त नगर घोषणा गरिएको हो । विगत पाँच महिनादेखि घरघरमै टोली परिचालन गरी खोप अभियान चलाइएको थियो । सो अभियानमा नगपालिकाभित्रका एकदेखि १५ महिनासम्मका एक हजार ३४० बालबालबालिका र १६ महिनादेखि २३ महिनासम्मका ७२१ बालबालिकालाई सबै प्रकारका खोप लगाइएको छ ।

वडाका घरघरमा लगत संकलन गरेर खोप लगाउन छुटेकालाई समेत सो अवधिमा खोप लगाइएको रत्ननगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख शिवप्रसाद घिमिरेले जानकारी दिनुभयो ।उहाँका अनुसार जिल्ला जनस्वास्थ्य कार्यालयले रत्ननगर नगरपालिकालाई छ वटा स्वास्थ्य संस्थासमेत मंगलबार नै हस्तान्तरण गरिएको घिमिरेले जानकारी दिनुभयो । यसरी हस्तान्तरण गरिएकामा पिठ्वा स्वास्थ्य चौकी, बछौली स्वास्थ्य चौकी, पञ्चकञ्या स्वास्थ्य चौकी छन् ।

यस्तै टरौली, नरकटिया र जिरौना शहरी स्वास्थ्य केन्द्रसमेत आजै नगरपालिकालाई हस्तान्तरण गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख विजय झाले जानकारी दिनुभयो ।सो क्रममा जिल्ला खोप समन्वय समितिका संयोजक कृष्णकुमार डल्लाकोटीले पूर्ण खोप घोषणा गर्ने काम महत्वपूर्ण भएको भन्दै स्वास्थ्य क्षेत्रमा अझै सुधारको खाँचो रहेको औँल्याउनुभयो ।पूर्ण खोपयुक्त नगर घोषणामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने वडा कार्यालय, स्वास्थ्य संस्था, महिला स्वयंसेविकालाई मंगलबारै कदरपत्रसहित सम्मान गरिएको थियो । अब चितवनको कालिका नगरपालिका र भरतपुर महानगर पूर्ण खोप घोषणा हुन बाँकी छ । (रासस)

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डान्स, रेन्टुराँमा काम गर्ने महिलालाई पाठेघरको समस्या
Next article यसकारण हुन्छ महिनावारीमा गडबढ

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

Aug 31st 8:48 AM
समाचार

भोटेकोशी बाढीपीडितका लागि फ्यानक्यानको रु.१ लाख ७५ हजार सहयोग

Aug 27th 12:40 PM
समाचार

बाढीपीडितलाई राष्ट्रपतिको एक महिनाको तलब सहयोग

Aug 27th 11:46 AM
समाचार

डिभाइन हेल्थकेयरको आईपीओ आउँदै, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक नियुक्त

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134304
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

25
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web