• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 26th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

उपक्षेत्रीय अस्पतालमा फिजियो थेरापी सेवा विस्तार

April 1st, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
उपक्षेत्रीय अस्पतालमा फिजियो थेरापी सेवा विस्तार

डडेल्धुरा, १८ चैत : उपक्षेत्रीय अस्पताल डडेल्धुराले आधुनिक मेशिनसहित फिजियो थेरापी सेवा विस्तार गरे सँगै डडेल्धुरासहित ७ नं प्रदेशका पहाडी जिल्लाका बिरामीलाई थेरापी गर्नका लागि सहज भएको छ । प्रदेश नं ७ का पहाडी जिल्लालाई लक्षित गरी पहिलो पटक उपक्षेत्रीय अस्पताल डडेल्धुरामा फिजियो थेरापी सेवा विस्तार भएसँगै पहाडी जिल्ला डडेल्धुरासहित डोटी, बैैतडी, दार्चुला, बझाङबाट थेरापीका बिरामी आउने गरेको अस्पतालले जनाएको छ ।थेरापी गर्नाका लागि वृद्धदेखि युवायुवती पनि आउने गरेका छन् । आधुनिक मेशिन जडान गरी उपक्षेत्रीय अस्पताल डडेल्धुराले फिजियो थेरापी सेवा शुरु गरेपछि उपचारका लागि नेपालगन्ज वा भारत जानुपर्ने बाध्यता हटेको बिरामीको भनाइ रहेको छ ।

उपक्षेत्रीय अस्पतालले लेजर, अल्ट्रासाउण्ड, ट्याक्सन मेशिनबाट फिजियो थेरापी सेवा दिइरहेको छ । प्यारालाइसिस, नसा, ढाड र खुट्टाको समस्याका साथै बाथ रोगका बिरामीले सेवा लिइरहेकोे उपक्षेत्रीय अस्पताल डडेल्धुराकी फिजियो थेरापी अधिकृत डाक्टर सदीक्षा मुलेपतीले बताउनुभयो । सेवा सञ्चालन भएदेखि नै बिरामीको संख्या बढ्न थालेको छ ।फिजियो थेरापी सेवा शुरु भए सँगै बिरामीमा चेतना जागेपछि थेरापी गराउन आउने बिरामीको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । थेरापीका बारेमा जानकारी नहुँदा र औषधि सेवनका कारण पहाडी जिल्लामा नसा, ढाड, हातखुट्टा दुख्ने, कम्मरको समस्या भएका बिरामीको संख्या धेरै रहेको चिकित्सकको भनाइ छ । (रासस)

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य मन्त्रालयको नयाँ संरचना यस्तो छ
Next article नेपाल प्रहरी अस्पतालको प्रादेशिक भवन शिलान्यास

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 25th 7:19 AM
समाचार

चर्को विरोधपछि डा.गोविन्द केसी अनसन छोडेर सेती प्रादेशिक अस्पताल भर्ना

Jul 24th 7:43 AM
समाचार

डा. केसीविरुद्ध सुदूरपश्चिममा विरोध चर्कियो, संघर्ष समितिले दियो प्रतिअनशनको चेतावनी

Jul 23rd 10:28 AM
समाचार

५ बुँदे माग राख्दै धनगढीबाट डा. गोविन्द केसीले सुरु गरे अनसन

Jul 21st 6:22 AM
समाचार

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार

Jul 20th 9:05 AM
समाचार

भारतीय बजार मूल्यलाई आधार बनाएर औषधिको मूल्य समायोजन गरिने

Jul 19th 9:04 AM
बिशेषज्ञ लेख

रगत जाँच गराएर रोग पत्ता लगाउन सकिन्छ थाइराइड

Jul 18th 9:28 AM
स्वास्थ्य विशेष

शान्तलाल मुल्मी :  स्वास्थ्य अधिकार र शिक्षा सुधारका गान्धीवादी अभियन्ता 

Jul 17th 10:12 AM
समाचार

स्वास्थ्य मन्त्रालयमा ठूलो पुनर्संरचनाको तयारी, ३ विभाग र अतिरिक्त सचिव पद खारेज गर्ने मस्यौदा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133561
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

116
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

113
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web