• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 11th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

चितवनका स्वास्थ्य संस्था स्थानीय सरकारलाई हस्तान्तरण

April 1st, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
चितवनका स्वास्थ्य संस्था स्थानीय सरकारलाई हस्तान्तरण

हेल्थ टुडे,

चितवन, १८ चैत :  जिल्ला जनस्वास्थ्य चितवनको मातहतमा रहेका सवै स्वास्थ्य चौंकी र केन्द्रहरुलाई स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार जिल्लाका ७ वटा स्थानीय तहमा रहेका सवै स्वास्थ्य चौकी एवम् केन्द्रहरु हस्तान्तरण भैसकेको छ । राप्ती नगरपालिका भित्र रहेका स्वास्थ्य चौंकी र केन्द्रहरुलाई हस्तान्तरण गरेपछि जिल्लाका सबैं स्थानीय तहमा हस्तान्तरणको प्रकृया सकिएको कार्यालयका प्रमुख विजयकुमार झाले जानकारी दिए । 

राप्ती नगरपालिकामा रहेका ७ वटा स्वास्थ्य केन्द्रलाई मेयर प्रभा बराल मार्फत नगरपालिकालाई हस्तान्तरण गरिएको प्रमुख झाले जानकारी दिए । जसमा ६ वटा स्वास्थ्य चौंकी र १ सामुदायिक स्वास्थ्य इकाइ केन्द्र छन् । कार्यालयले भरतपुर महानगरपालिकामा रहेका २३ स्वास्थ्य सम्वन्धी संस्थाहरु महानगरलाई हस्तान्तरण गरिसकेको छ । जसमा १३ वटा हेल्थपोष्ट, ८ वटा नगर स्वास्थ्य केन्द्र, १ सामुदायिक स्वास्थ्य इकाई केन्द्र र एक प्राथमिक उपचार केन्द्र छन् । रत्ननगर नगरपालिका क्षेत्रका ६ वटा स्वास्थ्य संस्था हस्तान्तरण भैसकेको छ । बछौली स्वास्थ्य चौकी, पिठुवा स्वास्थ्य चौकी, पञ्चकन्या स्वास्थ्य चौकी, टरौली शहरी स्वास्थ्य केन्द्र, नरकटिया शहरी स्वास्थ्य केन्द्र र जिरौना शहरी स्वास्थ्य केन्ऽ नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।

हस्तान्तरणसंगै स्वास्थ्य संस्थाको नगद, भौतिक संरचना, जिन्सी सामान र कर्मचारी नगरपालिकाको मतहतमा आएका छन् । यसैगरी कार्यालयले कालिका नगरपालिका क्षेत्रमा रहेका ४ वटा स्वास्थ्य संस्था नगरपालिकालाई हस्तान्तरण गरेको छ । पदमपुर, शक्तिखोर, सिद्धि गरी ३ वटा स्वास्थ्य चौंकी र जुटपानी प्राथमिक स्वास्थ्य केन्ऽमा रहेका सबै भौतिक संरचना तथा कर्मचारीहरुको विवरण उल्लेख गरिएको फाईल जनस्वास्थ्य प्रमुख झाले कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठलाई हस्तान्तरण गरे । माडी नगरपालिकाका र खैरहनी नगरपालिका ४र४ वटा स्वास्थ्य संस्था मध्ये तीनवटा स्वास्थ्य चौंकी र १ सामुदायिक स्वास्थ्य इकाई केन्द्र नगरपालिकालाई हस्तान्तरण गरिएको छ । जिल्लाको एक मात्रै गाउँपालिका इच्छाकामना अन्तर्गत पर्ने ५ वटा स्वास्थ्य चौंकी गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य मन्त्रालयको नयाँ संरचना यस्तो छ
Next article पुनर्वासमा पाठेघर र स्तन क्यान्सर शिविर सञ्चालन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 10th 9:55 AM
समाचार

अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षका लागि खुला आवेदन आह्वान

Jul 10th 8:15 AM
समाचार

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा वीर अस्पतालमा निधन

Jul 9th 12:04 PM
समाचार

छ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ उपकुलपति नियुक्त, न्याम्समा डा. विवेक

Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

Jul 3rd 11:46 AM
समाचार

अब सिंहदरबार भित्रै हुने भयो निजामती कर्मचारीको स्वास्थ्य जाँच

Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133270
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

41
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

28
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

55
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web