• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 18th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्यमा व्यापक हेरफेर, विभागको निमित्त महानिर्देशकमा डा. लोहनी

April 2nd, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्यमा व्यापक हेरफेर, विभागको निमित्त महानिर्देशकमा डा. लोहनी

हेल्थ टुडे,

काठमाडौं, १९ चैत : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका महत्वपूर्ण निकायमा जिम्मेवारी हेरफेर भएको छ । स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले सोमबार स्वास्थ्य सेवा विभागको रिक्त महानिर्देशक सहित महत्वपूर्ण महासाखा प्रमुखहरुको जिम्मेवारी हेरफेर गरेकी हुन् ।

एक महिनादेखि रिक्त स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. गुणराज लोहनीलाई नियुक्त गरिएको छ । डा. लोहनी यस अगाडि स्वास्थ्य विमा बोर्डका निमित्त कार्यकारी निर्देशक थिए । स्वास्थ्य सेवा विभागको महानिर्देशक १२ औं तहको हुनु पर्ने कानूनी प्रावधान छ । डा. लोहनी एघारौ तहका हुन् । पूर्व स्वास्थ्य मन्त्री दिपक बोहोराले निमित्त प्रहानिर्देशक डा. राजेन्द्र पन्तलाई हटाएर डा. तारा पौडेललाई महानिर्देशक बनाएपछि डा. पन्त अदालत गएका थिए । अदालतले डा. पन्तकै पक्षमा निर्णय गरेपछि मन्त्री बोहोराले बाह्रौ तहका डा. विनोदमान श्रेष्ठलाई महानिर्देशक बनाएका थिए । उनी १० दिन महानिर्देशक भएपछि उमेर हदका कारण सेवा निवृत भएका थिए । त्यसपछि महानिर्देशक पद खाली थियो । स्वास्थ्य मन्त्रालयमा बाह्रौ तहका एक जना चिकित्सक मात्र छन् । बाह्रौ तहका चिकित्सक डा. शुशिलनाथ प्याकुरेललाई पन्छाएर राज्य मन्त्री अर्यालले एघारौ तहका डा. लोहनीलाई निमित्त महानिर्देशक बनाएकी छन् ।

सरकारमा एमाले र एमाओवादीको भागबन्डा मिलाए जस्तै स्वास्थ्यमा पनि एमाले र एमाओवादी निकट चिकित्सकहरुलाई भागबन्डा मिलाइएको स्रोतले बताएको छ । निमित्त महानिर्देशक बनाइएका डा. लोहनी एमाओवादी निकट मानिन्छन ।

त्यसैगरि मन्त्रालयको महत्वपूर्ण मानिने नीति, योजना तथा अन्तर्राष्ट्रिय समुन्वय महासाखाको प्रमुखमा महेन्द्र श्रेष्ठलाई ल्याईएको छ ।

उनी काठमाडौं जनस्वास्थ्य कार्यालयका प्रमुख थिए । उनी एमाले निकट हुन् । एमालेबाट स्वास्थ्य मन्त्री भएका खगराज अधिकारीले आफ्नो पालामा श्रेष्ठलाई यही महासाखामा ल्याएका थिए । पछि नेपाली कांग्रेसबाट गगन थापा स्वास्थ्य मन्त्री भएपछि श्रेष्ठलाई सरुवा गरेर भोगेन्द्र डोटेललाई ल्याएका थिए ।

त्यसैगरि एमाओवादी निकट डा. श्रीकृष्ण गिरीलाई नीति, योजनाबाट स्वास्थ्य विमा बोर्डमा सरुवा गरिएको छ । वीर अस्पतालका अर्थोपेडिक चिकित्सक डा. गिरीलाई पूर्व स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले सरुवा गरेर मन्त्रालय ल्याएका थिए ।

त्यसैगरि व्यवस्थापन महासाखाका निर्देशक डा. भिमसिंह टिंकरीलाई मन्त्रालयको अनुगमन महासाखामा सरुवा गरिएको छ । एघारौ तहमा सबै भन्दा वरिष्ठ भएपनि नेताहरुको दैलो नचहार्ने सोझो चिकित्सक भएकाले उनलाई महत्वपूर्ण जिम्मेवारीबाट बन्चित गरिएको मन्त्रालय स्रोतले बताएको छ । उनले आपूर्ति महासाखामा रहेर विवादरहित छवि बनाइसकेका छन् ।

अनुगमन महासाखाका प्रमुख डा. दीपेन्द्ररमण सिहलाई मन्त्रालयकै चिकित्सा महासाखाको प्रमुखमा सरुवा गरिएको छ । मन्त्रालयमा क्षमतावान चिकित्सकका रुपमा उनलाई लिइन्छ । त्यसैगरि व्यवस्थापन महासाखाको निर्देशकमा डा. विकाश देवकोटा ल्याइएको छ । उनी परिवार स्वास्थ्य महासाखाका निर्देशक थिए । आजबाट रिक्त रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महासाखाको निर्देशकमा वीर अस्पतालका डा. केदार सिन्चुरीलाई सरुवा गरिएको छ । डा. भिम आचार्य आजबाट अवकाश पाएका छन् ।

त्यसैगरि चिकित्सा महासाखाका प्रमुख डा. भोलाराम श्रेष्ठलाई वीर अस्पताल सरुवा गरिएको छ । उनी नेपाली कांग्रेस निकट मानिन्छन । उनलाई पूर्व मन्त्री गगन थापाले भेरी अञ्चल अस्पतालबाट सरुवा गरेर मन्त्रालय ल्याएका थिए । नियम, कानून भन्दा पनि एमाले र एमाओवादी निकट चिकित्सकको भागबण्डा गरेर राज्यमन्त्री अर्यालले जिम्मेवारी हेरफेर गरेको स्रोतले बताएको छ ।

प्रधानमन्त्री ओलीको भारत भ्रमणपछि संघिय समाजवादी फोरम सरकारमा सहभागी हुने र उसको भागमा स्वास्थ्य मन्त्रालय परेकाले एमालेबाट राज्यमन्त्री बनेकी अर्यालले गरेका यी सरुवाको अवस्था लामो समय रहनेमा भने विश्वास गर्न नसकिने मन्त्रालयका अधिकारीले बताएका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मनिपालमा चिकित्सक र प्रहरीबीच झडप
Next article ब्लुक्रसले सिकायो दात माझ्ने र हात धुने सिप

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

Sep 17th 11:38 AM
समाचार

नेपाल मेडिसिटीमा अर्को सफल कलेजो प्रत्यारोपण

Sep 17th 4:45 AM
लेखविचार

मधुमेहबाट बच्ने पाँचवटा सूत्रहरू

Sep 16th 1:15 PM
समाचार

यो वर्ष दसैंमा अग्रिम टिकट बुकिङ नखुल्ने

Sep 16th 10:06 AM
स्वास्थ्य विशेष

जनस्वास्थ्यमाथि धनस्वास्थ्यको दबदबा

Sep 16th 8:59 AM
समाचार

मन्त्री बनाउन होइन, आँखा जाँचका लागि प्रधानमन्त्री कार्की तिलगंगा

Sep 14th 3:09 PM
समाचार

औषधि व्यवस्था विभागको सेवा आईतबारदेखि सुचारु

Sep 14th 5:45 AM
समाचार

जलेर खरानी भएपछि ‘एनएचआरसी ’ मा शरणार्थी बन्यो स्वास्थ्य मन्त्रालय

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131852
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

17
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web