• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 4th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

औषधि आयात नरोक्न राज्यमन्त्रीलाई ध्यानाकर्षण  

April 12th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
औषधि आयात नरोक्न राज्यमन्त्रीलाई ध्यानाकर्षण  

हेल्थ टुडे,

काठमाडौँ, २९ चैत  : सरकारले स्वदेशी औषधि उद्योगलाई प्रोत्साहन गर्ने नाममा विदेशबाट आयात भइरहेका उच्च गुणस्तरीय र सस्तो औषधिलाई निषेध गर्न खोजिएको भन्दै नेपाल औषधि व्यवसायी संघले आपत्ति जनाएको छ । उसले निषेध भन्दा औषधिको बजार मूल्य कायम गर्न तथा औषधिको गुणस्तर मापन गर्न स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालको ध्यानाकर्षण गराएको छ । संघको टोली सहित औषधि आयातकर्ताहरुको टोलीले मंगलबार राज्यमन्त्री अर्याललाई भेटेर एकाधिकार लाद्ने किसिमको निर्णय नलिन ध्यानाकर्षण गराएको छ ।

संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठको अगुवाईमा गएको टोलीले मन्त्री अर्याललाई भेटि स्वदेशी उद्योगलाई एकाधिकार दिइने गरी निर्णय नगर्न ध्यानाकर्षण गराएको छ । व्यवसायीका माग सुनेपछि जवाफमा मन्त्री अर्यालले सम्वन्धित क्षेत्रका व्यक्तिसंग आवश्यक परामर्स लिएर निर्णय गर्ने बताइन । विदेशबाट आयात हुँदै आएका कतिपय गुणस्तरीय र सस्तो मूल्यका औषधिलाई निषेध गरी केही स्वदेशी उद्योगहरुले नेपालमा आफ्नो एकाधिकार स्थापित गर्ने योजना बनाएको र त्यसैमा सरकार लागिरहेको उनीहरुको आरोप छ ।

औषधिमा देशलाई आत्मनिर्भर बनाउने भन्दै  तत्कालिन स्वास्थ्य मन्त्री गगन थापाले गतवर्ष स्वदेशमा उत्पादन भइरहेका केही औषधि विदेशबाट आयात नगर्ने योजना अघि सारेका थिए । त्यतिवेला सरकारले ३० प्रकारका औषधिहरु आयात गर्न नपाउँने गरी योजना अघि सारेको चाल पाएपछि व्यवसायीहरुले चर्को आन्दोलन गरेका थिए । सोही कारण यसको कार्यान्वनय हुन सकेको थिए ।  औषधिमा एकाधिकार नलाउनु भन्दा प्रतिस्पर्धा मार्फत जनतालाई गुणस्तरीय र सस्तोमा औषधि उपललब्ध गराइरहेकोले आयात निषेध गर्ने निर्णय स्विकार्य नहुने आयातकर्ता र औषधि व्यवसायीको भनाई छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article रगत बैंक नहुँदा सुत्केरी महिलाको ज्यान जोखिममा
Next article यसरी हटाउन सकिन्छ सास गन्हाउने समस्या

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134419
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web