• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 6th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

प्रदेश ७ मा ’स्वास्थ्य वर्ष’ सुभारम्भ

April 15th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
प्रदेश ७ मा ’स्वास्थ्य वर्ष’ सुभारम्भ

हेल्थ टुडे,

धनगढी : सामाजिक विकास मन्त्रालयले २०७५ साललाई स्वास्थ्य वर्षका रुपमा अघि बढाउने भएको छ । ‘स्वास्थ्यप्रति जिम्मेवार, समृद्धिको आधार’ भन्ने नाराका साथ २०७५ लाई  ‘स्वास्थ्य वर्ष’ मनाइन लागेको हो । प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले योगा, सरसफाइ, स्वास्थ्य परिक्षण सहितका कार्यक्रममा सरिक भई नयाँ वर्षको पहिलो दिन बैसाख १ गते अभियान शुरुवात भएको घोषणा गरेका हुन । स्वास्थ्य हामी सबैको पहिलो प्राथमिकता हो ।  स्वस्थ रहन व्यवहार परिवर्तन आवश्यक रहेकाले योगा अभ्यासबाट अभियान शुभारम्भ गरेको भट्टले बताए ।  सर्वसाधारणलाई स्वस्थ रहन प्रेरित गर्दै मुख्यमन्त्री भट्ट सहित प्रदेशका स्वास्थ्य समेत हेर्ने समाजिक विकास मन्त्री दीर्घ सोडारी सहितले योगा अभ्यास गरेका थिए । त्यसपछि उनीहरुले सेती अन्चल अस्पतालका वृद्धवृद्धा सहितका बिरामीलाई फलफूल वितरण र अस्पताल क्षेत्र सरसफाइ पनि गरेका थिए ।

धनगढीबाट शुरु भएको अभियानलाई प्रदेश ७ का गाउँ, वडा तहमा लैजान सामाजिक विकास मन्त्रालयले विभिन्न कार्यक्रम सञ्चालन गर्ने भएको छ ।  पछिल्लो समय सर्नेभन्दा नसर्ने रोगको संक्रमण बढ्दै भइरहेको पाइएकाले मन्त्रालयले उपचारात्मकसंगै प्रतिरोधात्मक कार्यक्रम प्रदेशभरि नै सन्चालन गर्न लागेको सामाजिक विकास मन्त्री सोडारीले बताए ।  ‘नसर्ने रोग विशेषगरी खानपान तथा जीवनशैलीसँग सम्बन्धित भएकाले यसबारे जनचेतना फैलाउनुको विकल्प छैन,’ मन्त्री सोडारीले भने ।

सामाजिक विकास मन्त्रालयले चुरोट, रक्सी र सुर्तिजन्य पदार्थ नखाने, नियमित व्यायम गर्ने, ट्राफिक नियमको पालना गर्ने लगायतका आठ बुँदे प्रतिबद्धता जनाएको छ ।

यस्ता छन् प्रतिबद्धताः

१.   म तनावरहित जीवन व्यतित गर्छु ।

२.   म मेरो घर र टोल समुदाय सफा राख्छु ।

३.   म चुरोट रक्सी र सुर्तीजन्य पद्धार्थ खान्न ।

४.  म नियमित व्यायाम गर्छु ।

५.  म पोषिलो खाना खान्छु ।

६.   म नियमति स्वास्थ्य जाँच गर्छ ।

७.  म मेरो परिवार र समूदायको स्वास्थ्यप्रति सजग रहन्छु ।

८.  ट्राफिक नियमको पालना गर्छु ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ग्राण्डी अस्पतालको छतबाट हाम फालेर आत्महत्या
Next article स्वस्थ जीवनका लागि निद्रा अति आवश्यक

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 5th 8:43 AM
समाचार

चिकित्सक संघले सोमबार आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने

Jul 5th 8:15 AM
समाचार

नेपाल आयुर्वेद चिकित्सक संघले मनायो २८ औं बार्षिकोत्सब

Jul 1st 12:16 PM
समाचार

अब देशका ७५३ वटै पालिकामा पुग्ने भयो आयुर्वेद सेवा

Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

Jun 27th 3:11 AM
समाचार

स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

Jun 23rd 5:02 PM
समाचार

वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल

Jun 23rd 4:55 PM
समाचार

सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार गोराखपत्रका स्वास्थ्य पत्रकार ढुङ्गेललाई

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131649
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

18
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

19
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web