• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

त्रिविले पिजीका लागि विभिन्न विषयको नयाँ सिट संख्या टुंगो लगायो

April 16th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
त्रिविले पिजीका लागि विभिन्न विषयको नयाँ सिट संख्या टुंगो लगायो

हेल्थ टुडे,
काठमाडौं, ३ चैत्रः त्रिभुवन विश्वविद्यालयले यो वर्षका लागि आफू अन्तर्गतका मेडिकल कलेजमा स्नातकोत्तर तह (पिजी)का लागि नयाँ सिट तोकेको छ । त्रिवि कार्यकारी परिषद्ले शैक्षिक वर्ष २०७४–७५ का लागि विभिन्न विषयको सिटसंख्या टुंगो लगाएको हो । त्रिविले निर्धारण गरेको नयाँ सिट र विषयको जानकारी चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) मा पठाइसकेको छ । कार्यकारी परिषद्ले चैत १३ को आइओएम फ्याकल्टी बोर्डको सिफारिसका आधारमा कलेजहरुलाई सिट तोकेको हो।
त्रिविले महाराजगन्ज क्याम्पसमा क्लिनिकल विषयमा ८७, बेसिक साइन्स, दन्त चिकित्सक लगायत विषयमा १८, जनरल प्राक्टिसनर तथा इमर्जेन्सी मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति र इन्टरनल मेडिसिनमा १०–१० सिट तोकेको छ । सम्बन्धन प्राप्त कलेजतर्फ नेपाली सेनाको मेडिकल कलेज र चितवन मेडिकल कलेजले बढी सिट पाएका छन् । नेपाली सेनाको मेडिकल कलेजले कुल ४६ सिट पाएको छ भने चितवनले ४४ सिट पाएको छ । सेनाले क्लिनिकल विषयमा २९, इन्टरनल मेडिसिनमा ५, बेसिक साइन्स र अन्य विषयमा १७ सिट पाएको छ ।
त्यसैगरी युनिभर्सल मेडिकल कलेजले ३७, नेसनल मेडिकल कलेजले ३०, पिपल्स डेन्टलले ८, किस्ट मेडिकल कलेजले चार र गण्डकी मेडिकल कलेजले १२ सिट पाएका छन् । यसैगरी, मनमोहनले सामान्य चिकित्सा र नर्सिङ विषयका लागि १६ सिट पाएको छ ।

पिजी शुल्क २२ लाख
त्रिविले आंगिक तथा सम्बन्धन प्राप्त मेडिकल कलेजको स्नातकोत्तर तह ९पिजी० को शुल्क २२ लाख रुपैयाँ निर्धारण गरेको छ । त्रिविले अघिल्लो वर्ष पिजी शुल्क ३१ लाख रुपैयाँ निर्धारण गरेको थियो। यस वर्ष आइओएमले सुरुमा अघिल्लो वर्षकै जति कायम राख्न सुझाव दिए पनि पछि चैत १३ को फ्याकल्टी बोर्डबाट २३ लाख निर्धारण गर्न सिफारिस गरेको थियो। तर त्रिविले आइओएमको सिफारिसपछि फेरि अर्को समिति बनाएको थियो । समितिको सिफारिसका आधारमा आइओएमले सिफारिस गरेभन्दा पनि एक लाख कम शुल्क निर्धारण गरेको थियो ।

कार्यकारी परिषद्ले सम्बन्धन प्राप्त कलेजमा एमडी÷एमएसको क्लिनिकल विषयमा २२ लाख, बेसिक साइन्समा १२ लाख ३७ हजार, जनस्वास्थ्य तर्फ १० लाख ९१ हजार तोकेको छ । त्रिवि आंगिक क्याम्पस महाराजगन्ज चिकित्सा क्याम्पसमा भने वार्षिक शुल्क १६ हजार, पेइङतर्फ दक्षिण एसियाली राष्ट्र ९सार्क० भित्रका विदेशीलाई ४८ हजार तीन सय २४ र सार्क बाहेक अन्य मुलुकका विद्यार्थीका लागि ५३ हजार सात सय ५० डलर तोकेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article पुस्तकालयमै यौनका कुरा
Next article बाजुरामा नौ वटै स्थानीय तहमा औषधिको अभाव

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132553
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web