• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

के तपाई धेरै एयरफोन लगाउनुहुन्छ–हुनसक्छ बहिरोपन

April 20th, 2018 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
के तपाई धेरै एयरफोन लगाउनुहुन्छ–हुनसक्छ बहिरोपन

हेल्थ टुडे
काठमाडौं, ७ बैशाखः आजकाल किशोरकिशोरीहरु कानमा एयरफोन लगाएर हिडिरहेका देखिन्छन् । पकेटमा मोबाइल या आइपड, कानमा एयरफोन फेसन जस्तै चलेको छ । तर, संगितको यो आनन्द जीवनभरका लागि सजाय बन्न सक्छ भन्ने कुराचाहिँ कसैले पनि ख्याल गरेको देखिँदैंन । एयरफोनको आवाजले बहिरोपन निम्त्याउन सक्ने अनुसन्धानकर्ताहरु बताउँछन् । ठूलो आवाजका साथ एयरफोन सुन्दा कानको पर्दामा नकारात्मक असर पर्न सक्ने उनीहरुको भनाई छ ।
एक अध्ययन अनुसार १५ वर्षयता अमेरिकी किशोरकिशोरीमा बहिरोपनको समस्या तीब्र रुपमा बढिरहेको छ । ५ जनामध्ये १ किशोरीमा यस्तो समस्या देखिएको छ । यसअघि यस्तो समस्या ५० देखि ६० वर्षका व्यक्तिमा हुने गथ्र्यो ।
हार्भर्ड स्कुल अफ पब्लिक हेल्थ र बर्मिङघम एण्ड उमन्स हस्पिटलका अनुसन्धानकर्ताका अनुसार १९८८ देखी १९९४ मा गरिएको सर्वेक्षणको तुलनामा २००५ देखी २००६ मा १२ देखि १९ वर्षका किशोरकिशोरीमा बहिरोपन ३० प्रतिशत बढेको पाइएको छ । यस्तै, विगत १५ वर्षमा अमेरिकी किशोरमा हल्का या गम्भीर खालको बहिरोपनमा ७० प्रतिशत वृद्धि भएको पाइएको छ । अनुसन्धानकर्ताका अनुसार ५ मध्ये एक किशोरीमा सुन्ने क्षमतामा कमी पाइएको थियो भने २० मध्ये एक जनामा सुन्ने क्षमता निकै कम भएको पाइएको थियो ।
अनुसन्धानको नेतृत्व गरेका बर्मिङघम एण्ड उमन्स हस्पिटलका जोसेफ शरगोरोडस्कार्डका अनुसार हालैका अध्ययनमा किशोरकिशोरीमा आएको सुन्ने क्षमताको कमी चिन्ता जनक छ । खासमा युवाहरु आफ्नो श्रवणशक्ति बचाउने विषयमा ध्यानै दिँदैंनन् । तर अध्ययनमा किशोरकिशोरीबीच बढ्दो बहिरोपनको मुख्य कारण उल्लेख गरिएको छैन । तर, मोबाइल फोन र इयरफोन यसको कारक हो कि होइन भन्ने विषयमा अनुसन्धानकर्ताहरुले अध्ययन गरिरहेका छन् । जोसेफ भन्छन्, ‘बहिरोपनको खास कारण थाहा पाउन थप अनुसन्धान जरुरी छ ।’
अनुसन्धानकर्ताहरुका अनुसार अमेरिकामा किशोरीको तुलनामा किशोरमा बहिरोपनको समस्या बढी छ । २००५ देखी २००६ मा करिब २२ प्रतिशत किशोर र १७ प्रतिशत किशोरीमा बहिरोपनको समस्या बढेको छ ।
कानको हेरविचार कसरी गर्ने
१. कानलाई स्वस्थ राख्न शरीरका अन्य अंगजस्तै हेरविचार गर्नुपर्छ ।
२. कहिल्यै पनि चाबी या फलामले नकोट्याउनुस् ।
३. कानमा बढी समस्या भयो, इन्फेक्सन भयो भने तत्काल चिकित्सकको सल्लाह लिनुपर्छ ।
४. ठूलो स्वरमा गीत नबजाउने या एयरफोनमा ठूलो आवाज लगाउनुहुन्न ।
५. नुहाउदा कानमा कपास वा सुतिको कपडा हाल्नुहोस्, ताकि साबुन,पानी सिधै कान भित्र छिर्न नपाओस् ।
६. नियमित कानको परिक्षण गराउनुपर्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नर्भिकमा हेमोडायलाइसिस
Next article ‘मिनिरल’ वाटरले हुनसक्छ क्यान्सरको खतरा!

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

Aug 31st 8:48 AM
समाचार

भोटेकोशी बाढीपीडितका लागि फ्यानक्यानको रु.१ लाख ७५ हजार सहयोग

Aug 27th 12:40 PM
समाचार

बाढीपीडितलाई राष्ट्रपतिको एक महिनाको तलब सहयोग

Aug 27th 11:46 AM
समाचार

डिभाइन हेल्थकेयरको आईपीओ आउँदै, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक नियुक्त

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134304
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web