• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 12th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

‘मिनिरल’ वाटरले हुनसक्छ क्यान्सरको खतरा!

April 20th, 2018 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
‘मिनिरल’ वाटरले हुनसक्छ क्यान्सरको खतरा!

हेल्थ टुडे
काठमाडौं, ७ बैशाखः शरीरलाई पानी नभई हुन्न । शरीरका लागि स्वच्छ पानी आवश्यक छ । तर, अहिले हामीले पिउने पानी दूषित छ, हानिकारक छ, विषाक्ता छ । त्यही कारण फिल्टर गरेर, उमालेर वा विभिन्न विधिबाट शुद्धिकरण गरेर पानी पिउने गरिन्छ ।
काठमाडौं लगायत शहरी क्षेत्रको हकमा त रोगको स्रोत नै भएको छ, पानी । पानीको माध्यामबाट विभिन्न महामारी फैलने गरेको छ । ट्यांकीमा जम्मा गरेर घर घरको धारामा आउने पानी होस् वा ट्यांकरले आपूर्ति गर्ने पानी नै, स्वच्छ हुन्छ भन्ने ग्यारेन्टी छैन । यस्तो पानीले हाम्रो स्वास्थ्यलाई नाजुक बनाउँदैछ ।
यस्तो अवस्थामा हामीले विश्वास गरेको भनेको प्रशोधित पिउने पानी हो, जो बजारमा सहजै पाइन्छ । बोत्तलमा पाइने ति पानी हामी निस्फिक्री घटघट पिउँछौं । त्यसलाई अतिरिक्त शुद्धिकरण गर्नुपर्छ भन्ने लाग्दैन, न त उमाल्नुपर्छ भन्ने नै ।
खतरनाक बोत्तलको पानी !
हामीले बजारमा ‘मिनिरल वाटर’ भनेर पिउने वोत्तल बन्द पानी हानिकारक भएको हालैको एक शोधले खुलासा गरेको छ ।
एक त त्यसरी शुद्धिकरण गरिएको पानीमा ‘मिनिरल’को मात्रा कति हुन्छ भनेर खुलाइएको हुँदैन । त्यो पानी कति पिउन योग्य हो भनेर त्यसको गुणस्तर मापन गरिएको भएपनि त्यस्ता पानीको गुणस्तरप्रति प्रश्न उठ्न थालेको छ ।
पानीमा ९३ प्रतिशतसम्म प्लाष्टिकको स–सानो टुक्रा
बोत्तलमा भरिएको पानी मिनरलयुक्त वा शुद्ध छ भनेर सोच्नु नै भ्रमपूर्ण रहेको अध्ययनले बताएको छ । स्टेट युनिभर्सिटी अफ न्यूर्योकका वैज्ञानिकहरुले विश्वभरको बोत्तलबन्द पानीमा गरेको अध्ययनले निरासलाग्दो तथ्य सार्वजनिक गरेको छ ।
शोधकर्ताले चीन, ब्राजिल, इन्डोनेसिया, अमेरिका लगायत ९ देशमा बिक्री गरिने ११ अलग(अलग ब्रान्डको करिब २ सय ५९ प्याकेट बोत्तल जाँच गरेको थियो । उक्त जाँचमा के पाइयो भने, विश्वभर बिक्री हुने यस्ता प्याकेज्ड मिनिरल वाटरमा ९३ प्रतिशतसम्म प्लाष्टिकको स(सानो कण पाइयो । छिमेकी भारतमा समेत यस्तो पानी प्रशस्तै पाइएको छ । दिल्ली, चेन्नाई, मुम्बई लगायत १९ वटा स्थानको पानीको नामुनामा हानिकारक प्लाष्टिकको टुक्रा पाइयो ।
बोत्तलबन्द पानीले के हानी गर्छ
क्यान्सर
प्लाष्टिकको बोत्तलको पानी क्यान्सरको कारण बन्नसक्ने चिकित्सकहरुले औल्याएका छ । प्लाष्टिकको बोत्तल जब घाम वा तापमानको कारण तातो हुन्छ, प्लाष्टिकमा रहेको हानिकारक केमिकल डाइअक्सिनको पानीमा घुल्छ । यो पानीको माध्यामबाट हाम्रो शरीरमा पुग्छ । डाइअक्सिनले हाम्रो शरीरको कोसिकालाई पुरा नष्ट गर्छ । यसले महिलामा ब्रेस्ट क्यान्सरको खतरा बढाउँछ ।
मस्तिष्कलाई असर
प्लाष्टिकको बोत्तलमा पाइउने पानीमा जुन केमिकल हुन्छ, त्यसले मस्तिष्कको कार्यक्षमता पनि कमजोर बनाउँछ । यसले स्मरण क्षमतामा ह्रास आउने भय छ ।
कब्जियतको कारण
प्लाष्टिकमा राखिएको पानी सेवन गर्दा यसमा रहेन बाइसफेनोल एको कारण पेटमा एकदमै हानी पुग्ने बताइएको छ । बीपीए नामक रसायन जब पेटमा पुग्छ, तब यसले पाचन प्रक्रियालाई प्रभावित गर्न सक्छ । यसले ग्याष्ट्रिकको गराउँछ ।
गर्भपतनको खतरा
पानीमा घुलेको स–सना प्लाष्टिकको कणले महिलामा गर्भपतनको खतरा बढाउँछ । गर्भवती महिलालाई यसको निकै असर देखिएको छ ।
जन्म दोष
बोत्तलमा राखिएको पानीमा हुने रसायनले भ्रुणको बच्चालाई समेत असर गर्ने बताइएको छ । यस्ता पानीको सेवनले भू्रणको बच्चा असामान्य रुपमा पैदा हुने रिसर्चमा उल्लेख छ ।

एजेन्सी

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डोल्पा अस्पतालमा उपकरण बिनै शल्यक्रिया !
Next article के तपाई धेरै एयरफोन लगाउनुहुन्छ–हुनसक्छ बहिरोपन

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
May 8th 7:58 AM
समाचार

मेरो मिर्गौला फेल हुनुको कारण अत्यधिक पेन किलर हो : प्रधानमन्त्री ओली

May 6th 9:42 AM
समाचार

न्याम्सको २३ औं वार्षिकोत्सवमा राष्ट्रपति पौडेलले भने, चिकित्सक विदेसिनु चिन्ताको विषय

May 3rd 9:21 AM
बिशेषज्ञ लेख

सुर्तीजन्य पदार्थमा कर बढाउनैपर्छ । स्वास्थ्यले अर्थलाई कर बढाउन सिफारिस गरिसकेको छ ।

May 2nd 5:58 AM
समाचार

स्थानीय तहमा स्थायी दरबन्दीको माग गर्दै फर्मासिस्ट आन्दोलनमा

Apr 28th 10:50 AM
समाचार

निर्णय भएको मितिदेखि नै ४८ हजार निर्वाह भत्ता दिने चिकित्सा शिक्षा आयोगको निर्णय

Apr 28th 10:40 AM
समाचार

एमबीबीएस र बिडिएसको सिट बढाउन सिफारिस

Apr 24th 3:35 PM
समाचार

एचओटिसीको १३ औं वार्षिकोत्सव सम्पन्न, वैदेशिक रोजगारीबाट फर्केकाका लागि निःशुल्क ओपीडी सुरु

Apr 24th 10:29 AM
समाचार

आवासीय चिकित्सकलाई ४८ हजार भत्ता नदिए मेडिकल कलेजलाई कुनै सहयोग हुन्न : स्वास्थ्य मन्त्री

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131500
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

19
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

23
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web