• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 11th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

देशकै जेठो वीर अस्पतालले फेर्दैछ आफ्नो रुप

May 11th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
देशकै जेठो वीर अस्पतालले फेर्दैछ आफ्नो रुप

हेल्थ टुडे,
२८ वैशाख, काठमाडौः सरकारी अस्पतालको शौचालय भन्ने बित्तिकै डुङडुङति गन्हाउने, खुट्टै टेक्न सकस लाग्ने अवस्थाको कल्पना गरिन्छ । केही दिन अघिसम्म देशकै जेठो वीर अस्पतालको हालत पनि योभन्दा फरक थिएन । तर हिजोआज वीरको शौचालय टेक्नेहरु आश्चर्य चकित हुन थालेका छन् । शौचालयबाट दुर्गन्ध बेपत्ता भएको छ नाक थुन्दै भित्र पस्नुपर्ने अवस्था अन्त्य भएको छ भने दिसापिसाब गर्ने प्यान कमोडहरु टिलिक्क टल्किएका छन् ।
शौचालयबाट सुरु गरेर वीर अस्पतालले चाँडै नै आफ्नो रुपरंग फेर्ने तयारी गरिरहेको छ । यहाँ सरसफाइदेखि रंग रोगनका कामहरु धमाधम भइरहेका छन जसको संयोजन गरेका छन् हास्यकलाकार सिताराम कट्टेल धुर्मुसले । उनी २४ सै घन्टा अस्पतालमै अड्डा जमाएर सरसफाइ र रंगरोगनमा जुटिरहेका देखिन्छन् ।

वीर अस्पतालको इएनटी विभागमा कार्यरत नर्स शारदा भट्टराईले भन्दै थिइन, ‘धुर्मुस सुन्तलीले अस्पताल सफा गरिरहेको छ भन्ने सुनेर माथि आएको । नभन्दै दुलही जस्तै बन्न लागेको रहेछ ।’ कतै यहा पनि मोदी आउने रहेछन् कि भन्ने सोच्नेहरुलाई यो कडा जवाफ भएको छ । स्वास्थ्य मन्त्रालयको खेम्स क्लिनिङ्ग र धुर्मुस सुन्तली फाउण्डेशनले वीर अस्पतालको सफाइ अभियान सुरु गरेका थिए ।
सफाइ मात्र गरेर चित्त नबुझेर धुर्मुसले रंगरोगन समेत गर्ने प्रस्ताव गरे । अस्पताल व्यवस्थापन सहमत भएपछि उनले आफ्नै २ लाख रुपैयाँबाट रंग किनेर काम सुरु गरिहाले । परिवर्तनका लागि धुर्मुस सुन्तली फाउन्डेशनलाई खेम्स क्लिनिङ, बागमति सफाई अभियानका अभियन्ता, टेलिसिरियल भद्रगोलको टिम, सिस्नोपानी समूह, मह जोडी लगायतले सघाउँदै आएका छन् ।
अहिले वीर अस्पतालमा रङ्गरोगनको काम २४ अ‍ै घण्टा सञ्चालन भइरहेको छ । अस्पतालका झ्याल तथा भित्ताहरु पहेलो र निलो रङ्गले पोतिन थालेको छ । भित्ताहरुमा असरल्ल फैलिएको तारलाई लिस्टीले बाध्ने काम भइरहेको छ । बिरामी तथा अगन्तुकको चापका कारण सरसफाइको काम भने राती आठ बजेदेखि बिहान तीन बजेसम्म गरिन्छ । यसको लागि अस्पतालको तर्फबाट दश कर्मचारी तथा अभियन्ताका तर्फबाट १५ स्वयंसेवी गरी जम्मा २५ जनाको समूहलाई चार बेग्लाबेग्लै समूहमा विभाजन गरिएको छ । त्यसमा अन्य स्वयंसेवीहरुले पनि बेला बेलामा सघाउँदै आएका छन् ।
अस्पतालमा हुन लागेको परिवर्तनले सेवाग्राहीहरुलाई खुशी त बनाएको छ नै अस्पतालका कर्मचारीहरुलाई समेत उत्साहीत बनाएको छ ।
अस्पतालको सामाजिक सेवा इकाईकी सम्झना लामिछाने भन्छिन्,’यहाँका कर्मचारीले दिनमा दुईदेखि तीन पटकसम्म सरसफाइ गर्दै आएका थिए । तर, धुर्मुस सुन्तलीले अभियानमा साथ दिनासाथ अस्पतालको रुप अर्कै भएको छ ।’
धुर्मुसले १५ दिनमा वीर अस्पतालको सरसफाई र रंगरोगन सक्ने लक्ष्य लिएको बताए । त्यसपछि सरसफाइलाई निरन्तरता दिने जिम्मेवारी अस्पतालकै कामदारहरुलाई हस्तान्तरण गरिनेछ । वीरपछि ट्रमा सेन्टरको सरसफाइमा जुट्ने धुर्मुसको भनाइ छ ।
‘देशकै नमूना अस्पताल बनाउने सोचका साथ स्वास्थ्य राज्यमन्त्रीज्यूको पहलमा यो कामको थालनी भएको हो,’ उनले भने, ‘यो काम नसकेसम्म मैले आफ्नो सम्पूर्ण समय अस्पताललाई नै दिनेछु । मरिमेटेर लागेपछि परिवर्तन असम्भव हुँदैन ।’

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article रुकुमका झुम्लाबाङका स्थानीयले आफ्नै लगानीमा स्थापना गरे अस्पताल
Next article नर्स सुन्दरीको जवरजस्त स्वास्थ्य सल्लाह  

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 10th 9:55 AM
समाचार

अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षका लागि खुला आवेदन आह्वान

Jul 10th 8:15 AM
समाचार

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा वीर अस्पतालमा निधन

Jul 9th 12:04 PM
समाचार

छ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ उपकुलपति नियुक्त, न्याम्समा डा. विवेक

Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

Jul 3rd 11:46 AM
समाचार

अब सिंहदरबार भित्रै हुने भयो निजामती कर्मचारीको स्वास्थ्य जाँच

Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133267
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

45
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

58
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web