• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 19th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नेपाल रेडक्रस सोसाइटीद्धारा स्वस्थ भक्तपुर अभियान शुरु

May 20th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नेपाल रेडक्रस सोसाइटीद्धारा स्वस्थ भक्तपुर अभियान शुरु

भक्तपुर, ६जेठः रगत नपाए भक्तपुर जानू भन्ने अभियान चलाइरहेको भक्तपुर रेडक्रसले स्वास्थ्य भक्तपुर अभियान सञ्चालन गरेको छ ।
वर्षायाम शुरु भएसँगै मानिसमा विभिन्न स्वास्थ्य समस्या देखिनसक्ने भएकाले स्वास्थ्यको बारेमा चेतना जगाउने उद्येश्यले स्वास्थ्य अभियान सञ्चालन गरिएको नेपाल रेडक्रस सोसाइटी भक्तपुरका मन्त्री परशुराम पाण्डेले बताउनुभयो । स्वस्थ रहनका लागि हरेक मानिसले वर्षमा एक पटक कम्तीमा स्वास्थ्य जाँच गराउनुपर्नेमा समस्या भएपछि मात्रै गराउने प्रचलन रहेकाले आफ्नो स्वास्थ्यका बारेमा हरेक मानिस सजग रहनुपर्छ भन्ने चेतना जगाउनका लागि स्वस्थ भक्तपुर अभियान शुरु गरिएको बताउनुभयो ।
एक महिनासम्म चल्ने अभियान अन्तर्गत चाँगुनारायण प्राथमिक स्वास्थ्य केन्द्र चाँगुनारायण – ४ मा इवामुरा अस्पतालको सहयोगमा, सूर्य्विनायक – ७ मा नागरिक सामुदायिक टिचिङ अस्पतालको सहयोगमा, सूर्य्विनायक –९ नंखेल स्वास्थ्य चौकीमा मध्यपुर अस्पतालको सहयोगमा, चाँगुनारायण – ८ सुडालमा क्यान्सर अस्पताल भक्तपुरको सहयोगमा र मध्यपुर नगरपालिका र नेपाल कोरिया मैत्री अस्पतालको सहयोगमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शनिबार सम्पन्न शिविरमा ५९ जनाको स्वास्थ्य परीक्षण गरिएको रेडक्रस भक्तपुरका स्वास्थ्य समिति संयोजक सुरज मिश्रले जानकारी दिनुभयो ।
खुल्ला दिसामुक्त घोषणा, पूर्ण खोप लगायत अभियानमा सहयोग गर्दै आएको भक्तपुर रेडक्रसले स्वस्थ भक्तपुर अभियान अन्तर्गत सामान्य स्वास्थ्य परीक्षणका साथै स्त्रीरोग सम्बन्धी परीक्षण जिल्लामा रहेका २१ वटै उपशाखा मार्फत जिल्लाभर सञ्चालन गर्ने भक्तपुर जिल्ला शाखा सभापति मनोज कुमार थापाले बताउनुभयो ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ४०० जनाले निःशुल्क स्वास्थ्य जाँच गराए
Next article इपिडिमियोलोजीको टोलीले मानव स्वास्थ्यको अनुगमन थाल्यो

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134127
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

139
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

18
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

140
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web