• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

करिव १२ हजार विद्यार्थीले प्रवेश परीक्षा दिने

May 23rd, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
करिव १२ हजार विद्यार्थीले प्रवेश परीक्षा दिने

काठमाडौँ, ९ जेठः सरकारले चिकित्सा शिक्षाको स्नातक तहमा एकीकृत प्रवेश परीक्षा सञ्चालनबारे तत्काल स्पष्ट कार्ययोजना ल्याउन सम्बन्धित विश्वविद्यालयलाई निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षा सुधारका लागि एकीकृत परीक्षा सञ्चालन अत्यावश्यक भएकाले त्यसका लागि तयारी र समन्वय गर्न सम्बन्धित विश्वविद्यालयका पदाधिकारीलाई आज मन्त्रालयमा बोलाई निर्देशन दिनुभएको हो ।
वरिष्ठ चिकित्सक डा गोविन्द केसीको अनशन र आन्दोलनपछि सरकारले आयोग गठन गरी सुधारका पहल गरेको हो । शिक्षामन्त्री पोखरेल र शिक्षा सचिव खगराज बरालको उपस्थितिमा आज मन्त्रालयमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा तीर्थराज खनियाँ, काठमाडौँ विश्वविद्यालयका उपकुलपति डा रामकण्ठ मकाजू, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति राजकुमार रौंनियार, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति भरतकुमार यादव लगायतको उपस्थितिमा सम्पन्न बैठकमा एकीकृत प्रवेश परीक्षा, चिकित्सा शिक्षाको शुल्क र सिट तथा छात्रवृत्ति निर्धारण गर्न पनि ठोस कदम चाल्न निर्देशन दिइएको छ । सो तहमा वार्षिक करिव १२ हजार विद्यार्थीले प्रवेश परीक्षा दिने गरेका छन् ।
सरकारले अध्यादेशको कार्यान्वयनका लागि पहल गरेको छ । यसमा सम्बन्धित विश्वविद्यालयसँग परामर्श भएको छ । प्राप्त सुझावका आधारमा चाँडै ठोस निर्णय हुने बताइएको छ । चिकित्सा शिक्षा आयोगको सुझाव बमोजिम चिकित्सा शिक्षा अध्यादेशमा व्यवस्था गरिएको उक्त एकीकृत प्रवेश परीक्षा सञ्चालनका लागि हालसम्म कुनै निर्णय भएको छैन ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्थानीय तहमा गुणस्तरीय स्वास्थ्यका लागि सहकार्य गर्न आग्रह
Next article राष्ट्रकविलाई थप उपचारका लागि भारत लगियो

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134422
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

29
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

33
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web