• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

धूमपान त्यागौँ, स्वस्थ बनौैँ

May 30th, 2018 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
धूमपान त्यागौँ, स्वस्थ बनौैँ

काठमाडौँ, १७ जेठः धूमपान स्वास्थ्यका लागि हानिकारक छ भन्ने ज्ञान सबैलाई छ तर पनि धेरै मानिसहरु यसको कुलतमा फँसेका छन् । यसको प्रयोगले वर्षे्नि हजारौँ मानिस क्यान्सर, मुटु, हृदयाघात, स्ट्रोक जस्ता समस्याबाट ज्यान गुमाउँछन् ।
विश्वमा २१ प्रतिशत सुर्तीजन्य पदार्थ प्रयोगकर्ता रहेको बताइन्छ । सुर्तीजन्य पदार्थको प्रयोग घटाउन सके ११ प्रतिशत मृत्यु घटाउन सकिने स्वास्थ्य मन्त्रालयको भनाइ छ । नेपालमा सुर्तीजन्य पदार्थकै कारण प्रत्येक वर्ष २५ हजारभन्दा बढी मानिसको मृत्यु हुने गरेको बताइन्छ ।
वीर अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रकाश रेग्मीका अनुसार नसर्ने रोग बढाउन सुर्तीजन्य पदार्थले प्रमुख भूमिका रहेकोले यसको प्रयोगदर घटाउन यस्ता पदार्थको मूल्य बढाउनै पर्ने भन्नुहुन्छ ।
मनमोहन कार्डियोभास्कुलर सेन्टरका उपप्रध्यापक तथा मुटुरोग सर्जन डा अनिल भट्टराईले नेपालका २० प्रतिशत जनतालाई कुनै न कुनै मुटु सम्बन्धी समस्या भएको बताउनुहुन्छ । उहाँले मुटु रोगबाट बच्न अझै पनि जनचेतना आवश्यक भएको उल्लेख गर्दै नियमित व्यायाम, खानपानमा सन्तुलन, वर्षमा एक पटक मुटुको जाँच, तौलमा सन्तुलन र धुम्रपानबाट विमुख रहन सुझाव दिनुहुन्छ ।
वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञ प्राध्यापक डा विष्णुदत्त पौडेलले सुर्तीजन्य पदार्थको सेवन नै क्यान्सरको प्रमुख कारण भएकाले उपचारमा सहुलियतसँगै प्रभावकारी जनचेतनामा पनि जोड दिनुपर्ने बताउनुहुन्छ । नेपालमा धेरै फोक्सो, स्तन, पाठेघरको मुखको क्यान्सर, छाती र जिब्रोको क्यान्सरका बढी बिरामी भएको डा पौडेलको भनाइ छ ।
सरकारी स्तरमै सुर्तीजन्य पदार्थको सेवनलाई रोक्न उत्पादन मै कमी गर्न र जथाभावी बिक्री वितरणमा नियन्त्रण गर्न जरुरी रहेको उहाँको भनाइ छ । त्यसबाहेक पछिल्लो अध्ययनले मोटोपन, खानपान, प्रदूषण, व्यायाम, नियमित जाँच, मद्यपान नियन्त्रण गर्न सकिए क्यान्सरबाट बच्न सकिन्छ ।
धूमपानले अर्को असर गर्ने मुख स्वास्थ्यलाई पनि हो । हामी हाँस्दा, बोल्दा देखिने दाँत, फेर्ने सासले समेत आजकल व्यक्तित्वमा प्रभाव पार्न थालेको छ । सुर्तीजन्य पदार्थ चुरोट, बिँडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, सुपारी र गुट्खा लगायतको अत्यधिक प्रयोगले हाम्रो दाँत मात्र नभएर मुखभित्रको गिजा, छालामा समेत नराम्रो असर गरिरहेको हुन्छ ।
कान्तिपुर डेन्टल अस्पताल तथा रिसर्च सेन्टरका डा सुनिता खनालले धेरैलाई सुपारीले केही हुँदैन भन्ने लागे पनि सुपारीले समेत असर गर्ने बताउनुहुन्छ । धूमपानले मुखभित्र असर गरिरहेको भए पनि ठूलो समस्या नआएसम्म धेरैलाई थाहा नहुने उहाँको भनाइ छ । विशेष गरी श्रमिक, गाडी चालक, खलासी, किसान र गृहिणी बढी संख्यामा दाँत र गिजाको समस्या लिएर अस्पताल आउने गर्छन् ।
डा रोजिना भट्टराई दन्त शिविरमा उपत्यका बाहिर जाँदा पनि तराईमा गुट्खा, पान, सुर्ती, चुरोट र पहाडमा बिँडी, सुर्ती, खैनी, चुरोट बढी प्रयोग गर्ने गरेको अनुभव सुनाउनुहुन्छ । धूमपानले मुखमा रातो, सेतो दाग देखिने, दाँतमा पहेँलो कालो दाग देखिने, गिजाले आफ्नो ठाउँ छोड्ने, दाँत माझ्दा रगत आउने, हल्लिने, मुखभित्रपट्टि गालामा घाउहरु हुने र मुख खोल्न नमिल्ने जस्ता समस्या देखिने दन्त चिकित्सकको भनाइ छ ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वदेशमै औषधि उत्पादन गरी आत्मनिर्भर हुने सरकारको नीति
Next article जिविकोपार्जन भत्ता काटिनु गलत–नेपाली कांग्रेस

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132551
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web