• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

खेलाडीलाई मासिक सम्मान भत्ता दिइनेः मन्त्री सुनुवार

May 31st, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
खेलाडीलाई मासिक सम्मान भत्ता दिइनेः मन्त्री सुनुवार

काठमाडौँ, १७ जेठः युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनुवार (विश्वकर्मा)ले राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय क्षेत्रमा योगदान पु¥याउने खेलाडीका लागि स्वास्थ्य तथा दुर्घटना बीमाको व्यवस्था गर्ने बताउनुभएको छ ।
युवा तथा खेलकूद मन्त्रालयमा आज आयोजित सय दिनभित्र मन्त्रालयले गरेको कार्य योजनाको प्रगति विवरण सार्वजनिक गर्दै उहाँले देशको लागि खेल्ने क्रममा घाइते हुने खेलाडीको लागि यसपटकदेखि दुर्घटना बीमाको व्यवस्था गर्ने बताउनुभयो ।
मन्त्री सुनुवारले तेह्रांै दक्षिण एसियाली खेलकूद प्रतियोगिता आयोजनाको लागि आवश्यक पूर्वाधार निर्माण तथा स्तरोन्नतिको लागि तयारी भइरहेको जानकारी दिनुभयो ।
एसियाली खेलकुूद प्रतियोगितामा सहभागी हुने खेल संख्या र खेलाडीको संख्या निर्धारणका लागि मन्त्रालयबाट गठित कार्यदलले कार्य सम्पन्न गरेको भन्दै मन्त्री सुनुवारले स्वर्णपदक विजेतालाई मासिक रु पाँच हजार तथा ओलम्पियन खेलाडीलाई मासिक रु तीन हजार सम्मान भत्तास्वरुप प्रदान गर्ने बताउनुभयो ।
त्यस्तै राष्ट्रिय खेलकूद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले आगामी १० महिनाभित्र दशरथ रंगशाला एवं पोखरा रंगशालाको निर्माणकार्य सम्पन गरिने भन्दै सोही महिनाभित्र नेपालमा नै आयोजना हुने तेह्रांै दक्षिण एसियाली खेलकूद प्रतियोगिताको सबै तयारी पूरा गर्ने बताउनुभयो ।
मन्त्रालयले सय दिनभित्र विभिन्न किसिमका राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय प्रतियोगिताको आयोजना, अखिल नेपाल फुटबल संघको निर्वाचन सम्पन लगायतको कार्यक्रम सम्पन्न गरेको मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले जानकारी दिनुभयो ।
बाह्रवर्षे खेलकूद गुरुयोजनाको मस्यौदा तयार भएको, खेल प्रशिक्षक नभएको जिल्लामा ३९ जना प्रशिक्षकलाई परिचालन गरिएको, नेपाल खेलकूद विज्ञान प्रतिष्ठानबाट स्पोर्टस युनिभर्सिटी स्थापनाको अवधारणापत्र तयार भइरहेको जानकारी गराइएको हो ।
त्यस्तै कार्यक्रममा युथ भिजन २०२५ को कार्यान्वयन कार्ययोजना तर्जुमा भएको, ७२ जिल्लामा १४६ वटा युवा उद्यम कार्यक्रम सञ्चालन गर्नको लागि प्राप्त प्रस्ताव स्वीकृत भई सम्बन्धित जिल्ला युवा समितिको कार्यालयमा सम्झौताको लागि पठाइएको, राष्ट्रिय अपांगता भएका व्यक्तिसँग कोषको सम्झौता भई १८७ जना अपांगता भएका युवालाई सहयोग सामग्री वितरण गरिएको लगायतको कार्यक्रम गरिएको जानकारी गराइएको थियो ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article झाडापखाला प्रभावित क्षेत्रको जनजीवन सामान्य बन्दै
Next article शिक्षा र स्वास्थ्यमा लागेको कर हटाउने व्यवस्था स्वागतयोग्य

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134419
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web