• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 14th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य चौकीमा प्रयोगशाला सञ्चालन

May 31st, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य चौकीमा प्रयोगशाला सञ्चालन

पोखरा, १७ जेठः कास्की जिल्लामा क्षेत्रफलको हिसाबले सबै भन्दा सानो एवं सुन्दर रुपागाउँपालिकामा सञ्चालित पाँचवटै स्वास्थ्य चौकीमा प्रयोगशाला स्थापना गरिएकोछ । स्वास्थ्य चौकीमा प्रयोगशाला सञ्चालनमा आएसँगै कुनैपनि रोगको पहिचानका लागि एक दिन लगाएर पोखरा धाउनुपर्ने उक्त गाउँपालिकाका सर्वसाधारणको बाध्यता अन्त्य भएकोछ ।
सिंहदरबारको अधिकार जनताको घरदैलोमा पु¥याउने अभियान अन्तर्गत सञ्चालन गरिएको प्रयोगशालामा रगत, दिसापिसाब, खकारलगायतका विभिन्न २० प्रकारका रोगको परीक्षण गरिने गाउँपालिकाका प्रमुख नवराज ओझाले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाको रु १९ लाख र अमेरिकामा रहेका नेपालीको संस्था इन्पावर नेपाल फाउण्डेशनको रु ६ लाख गरी कूल २५ लाखको लागतमा प्रयोगशाला स्थापना गरिएको हो ।
गाउँपालिकाको देउराली र रुपाकोट स्वास्थ्य चौकीमा प्रयोगशालाबाट जनताले बुधबारदेखि सेवा प्राप्त गरेको बताउँदै बाँकी तीनवटा स्वास्थ्य चोकीमा समेत असार मसान्तसम्ममा सेवा सञ्चालन गरिने जानकारी दिनुभयो । कूल ती हजार ७८० घरपरिवार रहेको गाउँपालिकामा १४ हजार ५ १८ जनसंख्या रहेको बताउँदै गाउँ प्रमुख ओझाले पहिलो चरणमा गाउँपालिकाको आन्तरिक स्रोतबाट प्रत्येक स्वास्थ्य चौकीमा एक–एक जना ल्याब असिस्टेनको समेत व्यवस्था गरिएको बताउनुभयो । पूर्व स्वास्थ्यमन्त्री एवं संघीय सभासद खगराज अधिकारीले गाउँपालिकाको केन्द्र भिरचोक स्थित रुपा स्वास्थ्य चौकीमा स्थापना गरिएको प्रयोगशालाको एक कार्यक्रमका बीच बुधबार उद्घाटन गर्दै मुलुक र जनताको समृद्धिका लागि सबैको सहयोग अपरिहार्य रहेको बताउनुभयो ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article झाडापखाला प्रभावित क्षेत्रको जनजीवन सामान्य बन्दै
Next article यस वर्षको रोटरी स्वास्थ्य जोर्नो अवार्ड दाहाललाई

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132855
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

32
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web