• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

अनियमितताको आरोप लगाउनेलाई प्रमाणित गर्न चुनौती

June 1st, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
अनियमितताको आरोप लगाउनेलाई प्रमाणित गर्न चुनौती

हेल्थ टुडे,
काठमाडौं, १८ जेठः वीर अस्पताल सरसफाइ र रंगरोगनमा सक्रिय सीताराम कट्टेल धुर्मुसले अनियमितताको आरोप लगाउनेलाई प्रमाणित गर्न चुनौती दिएका छन् । वीर अस्पतालको रंगरोगनका विषयमा जानकारी दिन आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले प्रमाणित भए आफू जुनसुकै सजाय भोग्न तयार रहेको बताएका छन् ।
यदि एक रुपैयाँ तलमाथि गरेको प्रमाणित भए त्यसको एक दिन पनि म यो धर्तिमा नरहने उनले बताएका छन । उनी आफू कलाकारितामा समेत सफल रहेतापनि सामाजिक कार्यमा सहभागी हुने र केही गर्ने सोचले यो क्षेत्रमा आएको बताएका छन । उनले पेशा त्यागेर राष्ट्रका लागि काम गरिरहेका बताए र अब आफ्नो पाइला नराकिने बताए त्यसका लागि जसले जे भने नि जे बुझे नि कदम नरोकिने बताएका छन ।
वीर अस्पताल रंगरोगन गरिरहँदा अस्पतालको नाममा चन्दा उठाएको आरोपको खण्डन गरे । उनले भने, ‘वीर अस्पतालका नाममा चन्दा उठाएका छैनौं । हामीले वीर अस्पताल सफा गरिरहेका छौं । यो अभियानमा जोडिन चाहनेको सहयोग लिइरहेका छौं ।’
उनले स्वस्फुर्त सहयोग गर्नेहरुबाट हालसम्म १४ लाख ६४ हजार ८ सय ३५ रुपैयाँ संकलन भएको बताए । आफूले ८२ जना पेन्टरको नेतृत्व गरेर रातदिन खटेर काम गरिरहेको अवगत गराए । उनले हालसम्म ४८ लाख ६४ हजार १ सय ४४ बराबरको काम गरिसकेको जानकारी गराए ।
स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले वैशाख २३ गते वीर अस्पतालबाट देशव्यापी सरकारी अस्पताल सरसफाई अभियानको घोषणा गरेकी थिइन् । उक्त अभियानमा धुर्मुस सुन्तली, खेम्स क्लिनिङका खेम शर्मा लगायतका अभियान्ता जोडिएका छन् ।
भित्री सुधार थाल्ने राज्यमन्त्री अर्यालको घोषणा
स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले आफूले थालेको सरसफाई अभियानलाई सघाउने धुर्मुस र खेम शर्माको प्रशंसा गर्नुभएको छ । वीरको आवरण सफा हुँदै गएको बताउँदै भित्री रुप (प्रणाली) पनि परिवर्तन गर्नुपर्ने बताउनुभयो । अवको १५ दिनमा वीर अस्पताल सफा र सुन्दर देखिने बताउँदै त्यही अवस्था देशभरका अस्पतालको देख्न चाहेको बताउनुभयो ।
उहाँले अस्पतालको प्रणाली सुधार पनि थालिने जानकारी दिनुभयो । सरकारी अस्पतालमा सेवा प्रवाहमा रहेका बेथितीलाई पनि यसैगरी सुधार्नुपर्ने उनको धारणा रहेको बताउदै अस्पतालको भित्री कुरामा समेत सुधार गरेर जनतालाई अनुभूत हुने गरी सुधार ल्याउँने जानकारी दिनुभयो ।
१२८ वर्ष पुरानो वीरको संरचना बदल्न नसकिएपनि प्रणाली सुधार अवश्य गर्न सकिने र वीरलाई डिजिटल प्रणालीमा लैजाने तयारी पनि आफूले गरिरहेको समेत मन्त्री अर्यालले जनकारी दिनुभयो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article निर्माणाधीन स्वास्थ्य भवन अलपत्र
Next article यस वर्षको रोटरी स्वास्थ्य जोर्नो अवार्ड दाहाललाई

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134419
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web