• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 10th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

महिलामा बढी आँखाको समस्या

June 5th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
महिलामा बढी आँखाको समस्या

बर्दिवास, २२ जेठः महोत्तरी जिल्लाका धेरैजसो महिलामा आँखाको समस्या देखिएको छ । नेपाल रेडक्रस सोसाइटी र नेपाल नेत्रहीन संघ पुनःस्थापना कार्यक्रमका जिल्ला शाखाले आर्थिक वर्ष २०७४÷७५ मा जिल्लाका विभिन्न भेगमा सञ्चालन गरेको १० भन्दा बढी शिविरमा आँखा जाँच गराएका मध्ये ७० प्रतिशत महिलामा जटिल समस्या देखिएको हो ।
आँखाको जटिल समस्या भएकाहरू धेरैजसो ५० वर्ष नाघेका पाइएको पुनःस्थापना कार्यक्रमका कार्यकारी निर्देशक अमृत राईले जानकारी दिनुभयो ।
यही जेठ १३–१९ सम्म जिल्लाका चार स्थानमा शिविर चलाइएको थियो । जसमा उपचार गराउने ६५३ मध्ये ३४३ महिला आँखाको समस्याबाट ग्रसित भएको पाइयो भने ७९ जनामा त मोतिबिन्दूकै समस्या रहेको बताइएको छ ।
महिलामा आँखाको समस्या बढी देखिनुमा चुलोचौकाको काम नै मुख्य कारण रहेको चिकित्सकले औँल्याएका छन् । तराईमा प्राय झुम्म बस्ती हुने, चारैतिरबाट घेरिएको झ्याल नभएको स्थानमा खाना पकाउँने गर्नाले हुँदा धुवाँ रुमल्लिेर महिलामा आँखाको समस्या धेरै हुने गरेको शिविरमा संलग्न नेत्र विशेषज्ञ डा नवीन साहले बताउनुभयो । भान्सा कोठाको परिवेशसँगै बढी धुवाँ आउने गुइँठा पनि आँखाको समस्या बढाउने कारक भएको पाइएको उहाँको भनाइ थियो ।
रेडक्रसले सञ्चालन गरेका शिविरमा पनि आँखा जाँच गरिएका बिरामी मध्ये महिलाको संख्या नै बढी पाइएको छ । आर्थिक वर्ष २०७४÷७५ को हालसम्मको अवधिमा रेडक्रसले सञ्चालन गरेका शिविरमा आँखा जाँच गराउने करिव एक हजारमा झण्डै ६०० महिला रहेका रेडक्रसका जिल्ला सभापति दीपक मिश्रले बताउनुभयो ।
बर्दिवास आँखा अस्पतालमा पनि आँखाको उपचार गराउनेहरूमा महिला नै बढी भेटिएका छन् तर गर्मीयाममा खेतीपातीको काम बढेपछि आखाँ उपचार गराउनेमा पुरुषको संख्या बढ्ने गरेको छ । जेठदेखि भदौ १५ सम्म पुरुष बिरामी बढी हुने र अन्यबेला आँखाको समस्या लिएर आउनेमा महिलाकै संख्या बढी देखिने गरेको अस्पताल सञ्चालक बोर्डका अध्यक्ष मुकुन्दप्रसाद पौडेलले बताउनुभयो ।
आँखाको नियमित सरसफाइ नगर्दा र धुलो, धुवाँबाट बच्न नसक्दा बढीजसोमा आँखाको समस्या बढ्ने गरेको उक्त अस्पतालका आँखा चिकित्सक डा डिनाले जानकारी दिनुभयो ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article गर्मीका कारण ज्वारो र झाडापखालाका बिरामी बढे
Next article सामुदायिक अस्पतालमा खोप लगाउनेको चाप बढ्दै

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 8th 9:00 AM
समाचार

मंगलबार पनि आकस्मिक बाहेकको उपचार ठप्प, चिकित्सक सडकमा

Jul 5th 8:43 AM
समाचार

चिकित्सक संघले सोमबार आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने

Jul 5th 8:15 AM
समाचार

नेपाल आयुर्वेद चिकित्सक संघले मनायो २८ औं बार्षिकोत्सब

Jul 1st 12:16 PM
समाचार

अब देशका ७५३ वटै पालिकामा पुग्ने भयो आयुर्वेद सेवा

Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

Jun 27th 3:11 AM
समाचार

स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

Jun 23rd 5:02 PM
समाचार

वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131663
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

25
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

33
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web