• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 19th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

जीर्ण स्वास्थ्य चौकीबाट सेवादिन समस्या

June 7th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
जीर्ण स्वास्थ्य चौकीबाट सेवादिन समस्या

पाल्पा, २४ जेठः निस्दी गाउँपालिका–२ मा रहेको सहलकोट स्वास्थ्य चौकीको भवन जीर्ण हँुदा सेवा प्रवाहमा समस्या परेको छ ।
जीर्ण भवनमा बसेर बिरामीलाई सेवा दिन स्वास्थ्यकर्मीलाई अत्यन्तै समस्या छ । झण्डै साढे दुई दशक अगाडि निर्माण भएको स्वास्थ्य चौकीको भवन २०७२ को विनाशकारी भूकम्पले पनि ठूलो क्षति पु¥याएपछि झनै समस्या थपिएको छ । सामान्य हावाहुरी चलेका बेला जीर्ण भवनमा बसेर सेवा दिन अत्यन्तै डर भएको स्वास्थ्यकर्मीको भनाइ छ ।
दुईतले तीन कोठा रहेको जीर्ण स्वास्थ्य चौकीभित्र बसेर उपचार सेवा लिन जाँदा पनि डर र त्रास भइरहने स्थानीय दानबहादुर थापा बताउनुहुन्छ । स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा भवन पुनःनिर्माणमा ढिलासुस्ती हँुदा गाउँका जनताले सहज सेवा पाउन नसकेको थापाको भनाइ छ ।
स्वास्थ्य चौकीका प्रमुख एवं सिनियर अहेव जगत थापाले भवन चर्किएपछि केही समय महिला जागरण केन्द्रको भवनबाट सेवा प्रदान गरेपनि एउटै कोठाबाट व्यवस्थापन गर्न गाह्रो भएपछि पुनः चर्किएको कोठाबाट सेवा दिँदै आएको बताउनुुहुन्छ । भवन पुनःनिर्माणका लागि सम्बन्धित निकायमा माग गरेपनि अहिलेसम्म सुनुवाइ नभएको थापा बताउनुहुन्छ ।
स्वास्थ्य चौकी व्यवस्थापन समितिका उपाध्यक्ष जैसरा दर्लामीले स्थानीय तहको बजेटले भवन निर्माण सम्भव नभएकाले ठूलो धनराशिको आवश्यक पर्ने हुँदा भवन निर्माणमा समस्या भएको बताउनुभयो ।
स्वास्थ्य चौकीको भवन पुनःनिर्माणका लागि स्थानीयवासीले साढे चार रोपनी चार आनाको जग्गा व्यवस्था गरिसकेका छन् । तर सरोकारवाला निकायको बेवास्ताको कारण निर्माणको कुनै योजना पर्न सकेको छैन । यस स्वास्थ्य चौकीबाट साविक सहलकोट गाविसभित्रका नौवटै वडा र झिरुवास गाविसका वडा नं ६ र ७ का स्थानीयलाई स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article विवाह गर्दा धेरै खर्च लाग्ने भन्दै छोराको चाहना
Next article पहाडी भन्दा तराईका जिल्लामा कुष्ठरोगका बिरामी बढी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

Sep 23rd 1:07 PM
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

Sep 20th 9:57 AM
स्वास्थ्य विशेष

पिसाब चुहिने समस्या र त्यसको निदान

Sep 20th 9:13 AM
समाचार

वीर अस्पतालमा गरिएको अध्ययनले भन्यो, समयमै पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिन्छ

Sep 20th 8:54 AM
समाचार

बजेट अभावमा अलपत्र अस्पताल

Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131973
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web