• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 8th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्यचौकीमा ‘प्रयोगशाला’ निर्माण गरिने

June 10th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्यचौकीमा ‘प्रयोगशाला’ निर्माण गरिने

नुवाकोट, २६ जेठः भूकम्पले क्षति पुगेपछि पुनःनिर्माण गरिएको यहाँका बेलकोटगढी नगरपालिका–७ स्थित रातमाटे स्वास्थ्य चौकी र विदुर नगरपालिका–१२ स्थित चारघरे स्वास्थ्य चौकी भवन शुक्रबार समुदायलाई हस्तान्तरण गरिएको छ ।
‘भूकम्प पश्चात स्वास्थ्य सेवा सुधार कार्यक्रम’ अन्तर्गत कोरिया अन्तर्रा्ष्ट्रिय सहयोग नियोग (कोइका)को आर्थिक तथा प्राविधिक सहयोगमा सयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (युएनडिपी) मार्फत निर्माण गरिएको विपद् प्रतिरोधी पक्की संरचनायुक्त सो भवन समुदायको स्वास्थ्य स्तरोन्नतिका लागि हस्तान्तरण गरिएको हो ।
महादेवफाँटमा निर्माण गरिएको रातमाटे स्वास्थ्य चौकी भवनको उद्घाटन गर्दै बेलकोटगढी नपाका प्रमुख राजेन्द्ररमण खनालले स्वास्थ्य सेवा सञ्चालन अधिकार स्थानीयतहमा प्राप्त भएकाले सुधारका लागि प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भौतिक संरचना र स्वास्थ्य सहायता सामग्री भए पनि जनशक्ति कम भएर प्रसूति सेवा सञ्चालनमा हुने कठिनाई अब समाधान गर्ने पनि बताउनुभयो ।
यस्तै, विदुर नगरपालिका–१२ स्थित भट्टगाउँमा निर्माण गरिएको स्वास्थ्य चौकी चारघरेको भवन समुदायलाई हस्तान्तरण गर्दै विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले भवन निर्माणले अब गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त हुनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले स्थानीयवासीको माग बमोजिम स्वास्थ्यचौकीमा ‘प्रयोगशाला’ निर्माणका लागि जनशक्ति एवं उपकरण उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
कोइकाको सहयोगमा युएनडिपीले निर्माण गरेको स्वास्थ्य चौकीमा आवश्यकपर्ने स्वास्थ्य सहायता सामग्री गुड नेवर्स अन्तर्रा्ष्ट्रिय (जिएनआइ)ले उपलब्ध गराएको छ । रु ८० लाख बराबरको खर्चमा निर्माण गरिएको उक्त भवनमा बहिरङ, प्रसूति र गर्भजाँच सेवा तथा औषधि कक्ष, स्टोर र कर्मचारी निवास सहित सात कोठा रहेका छन् । सो अवसरमा कोइकाको नेपालका लागि आवासीय प्रमुख डा होङ क्यो किम, युएनडिपीको नेपालका लागि राष्ट्रिय निर्देशक रेनाउड मेयेर, जिएनआईको नेपालका लागि आवासीय प्रमुख मीन हो चोई लगायतको सहभागिता रहेको थियो ।
विसं २०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पले क्षति पुगेका संरचना पुनःनिर्माणमा कोरिया सरकारको सहयोग कार्यक्रम अन्तर्गत कोइकाले आठ दशमलव चार मिलियन अमेरिकी डलरमा यहाँको ५० श्यया क्षमताको जिल्ला अस्पताल त्रिशूली र दशवटा स्वास्थ्य संस्था पुन–निर्माणको जिम्मेवारी लिएको थियो । अब सात वटा स्वास्थ्य चौकीको पुनःनिर्माण जारी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत पुर्न्निर्माण इकाइ प्रमुख रमेश अधिकारीले जानकारी दिनुभयो । भूकम्पबाट यहाँका ८० वटा स्वास्थ्य संस्था क्षतिग्रस्त भएका थिए ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article पहिलो पटक आन्द्राको सफल शल्यक्रिया
Next article अछामको विकट क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

Aug 31st 8:48 AM
समाचार

भोटेकोशी बाढीपीडितका लागि फ्यानक्यानको रु.१ लाख ७५ हजार सहयोग

Aug 27th 12:40 PM
समाचार

बाढीपीडितलाई राष्ट्रपतिको एक महिनाको तलब सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134313
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

16
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

17
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web