• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

खोपको ढुवानी गुणस्तरीय र सुरक्षित बनाइने

June 11th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
खोपको ढुवानी गुणस्तरीय र सुरक्षित बनाइने

विराटनगर, २८ जेठः प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले स्वास्थ्य क्षेत्रमा खोपको ढुवानी गुणस्तरीय तथा प्रभावकारी र सुरक्षित बनाउनका लागि नेपाल सरकारद्वारा प्रदेश नं १ का लागि प्रदान गरिएको खोप कोल्ड रेफ्रिजेरेटर भ्यान सञ्चालन कार्य आज शुभारम्भ गर्नुभएको छ ।
स्वास्थ्य सेवा विभागद्वारा प्रदान गरिएको सो भ्यानको साँचो मन्त्री घिमिरेले क्षेत्रीय मेडिकल स्टोर विराटनगरका प्रमुख भरत साहलाई प्रदान गर्नुभयो । उक्त स्टोरबाट विगत समयदेखि रेफ्रिजेरेटर भ्यानको अभावमा कोल्ड बक्सहरुमा खोप ढुवानी हुँदै आएको थियो । गुणस्तरीय प्रविधि अन्तर्गत उक्त रेफ्रिजेरेटर भ्यानको शुरुवात भएको स्टोरका कार्यालय प्रमुख साहले जानकारी दिनुभयो ।
पूञ्र्वाञ्चल क्षेत्रीय निर्देशनालय धनकुटाद्वारा एफआइपिभी खोपको शुरुवात तथा पिसिभी खोपको भायल परिवर्तन सम्बन्धी तीनदिने क्षेत्रीय अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठीको आज समापन अवसरमा खोप कोल्ड चेन व्यवस्थापन तथा ढुवानीका लागि रेफ्रिजेरेटर भ्यान ल्याइएको हो । स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखाका अनुसार नेपालमा २२ प्रतिशत बालबालिका खोपबाट वञ्चित छन् ।
विश्वमा ४४ किसिमका खोप भए पनि नेपालमा हालसम्म ११ किसिमको खोप दिने गरेको बाल स्वास्थ्य महाशाखाका खोप अधिकृत भरत भण्डारीले जानकारी दिनुभयो । नेपालमा खोपको अवस्था, महत्व, खोपको असर र खोपलाई सुरक्षित बनाउने विषयमा जानकारी समेत गराएको छ । पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक चन्द्रदेव मेहताले नेपालमा खोपका कारण बिफर उन्मूलन, धनुषटङ्कार, इन्सेफ्लाइटिस रोग नियन्त्रण, दादुरा तथा रुबेलाजस्ता अन्य संक्रमण रोग पनि नियन्त्रणमा आएको जानकारी गराउनुभयो । सो अभिमुखीकरण कार्यक्रममा १६ जिल्लाका चिकित्सक, जनस्वास्थ्य प्रमुख, विशेषज्ञ तथा स्वास्थ्यकर्मीको सहभागिता थियो ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article दैनिक १०० युनिट रगतको माग,जिल्लामा रगतको अभाव
Next article बालिकाको उपचारका लागि सहयोगको याचना

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 5th 11:43 AM
समाचार

काडाघारीमा गान्धी तुलसी मेहर हस्पिटल सञ्चालन, प्रत्यारोपण सेवा विस्तारको लक्ष्य

Aug 5th 9:16 AM
समाचार

बीएन्डबी अस्पतालकी नर्सिङ निर्देशक डा. रोजी विश्वविद्यालय अनुदान आयोगको सदस्य सचिव नियुक्त

Aug 4th 1:11 PM
समाचार

कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज राय हटाइए

Aug 4th 12:21 PM
समाचार

स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव पदका आवेदक डा. जोशीद्वारा अफवाहको खण्डन

Aug 3rd 1:44 PM
समाचार

स्कुल, कलेजहरुले विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाईने

Aug 3rd 1:09 PM
समाचार

अब गैरनेपालीले पनि नेपालमा मिर्गौला प्रत्यारोपण गर्न पाउने अदालतको आदेश

Aug 2nd 1:27 PM
समाचार

नर्स ज्योति रानाभाटको अनसन चौथो दिन : सरकार समस्या समाधानमा गम्भिर भएन

Aug 1st 6:48 AM
समाचार

इन्टर्न चिकित्सकको आन्दोलन कायमै, माग पूरा नभएसम्म आन्दोलन नरोकिने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133819
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

143
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

129
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web