• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सुविधासम्पन्न अस्पतालका रुपमा विकास गरिने

June 12th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सुविधासम्पन्न अस्पतालका रुपमा विकास गरिने

भक्तपुर, २९ जेठः नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क योङ सिकले नेपालको स्वास्थ्य सेवाको अवस्था प्रशंसायोग्य रहेको बताउनु भएको छ ।
मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरियामैत्री अस्पतालको नवांैँ वार्षिक उत्सवको अवसरमा उहाँले नेपालका चिकित्सक अस्पताल र सेवा विकसित मुलुकको भन्दा कम नभएको बताउँदै उहाँले नेपाल कोरियामैत्री अस्पतालले देशभरका जनतालाई सेवा दिन सक्ने गरी क्षमता विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सरकारले ल्याएको स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन सके राज्यको आर्थिक विकासलाई समेत टेवा मिल्ने बताउनुभयो ।
कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले अस्पताललाई आगामी पाँच वर्ष्भित्र ५०० श्ययाको देशकै नमूनाको अस्पताल बनाउने अठोट नगरपालिकाले लिएको बताउँदै अस्पतालले नर्सिङ कलेज सञ्चालन गर्नेदेखि कर्मचारीको सेवा, सुविधा वृद्धि गर्ने जानकारी दिनुभयो ।
त्यस अवसरमा अस्पतालका कार्यकारी निर्देशक प्रा डा ज्ञानकृष्ण कायस्थले अस्पतालले हाडजोर्नी, प्रसूति, सामान्य चिकित्सक देखि अधिकांश स्वास्थ्य सेवामा विशेषज्ञ चिकित्सक राखेर सेवा विस्तार गर्दै आएको जानकारी दिनुभयो ।
प्रदेशसभा सदस्यद्वय राजेन्द्रमान श्रेष्ठ र प्रतिमा श्रेष्ठले अस्पतालबाट सबै उपचार सेवा दिन सकिने गरी सेवा र गुणस्तरमा वृद्धि गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी, नेपाली काँग्रेसका युवा नेता अष्टकुमार कवें, अस्पताल व्यवस्थापन समितिका सदस्य हरिदास प्रजापति लगायतले अस्पताललाई विशेषकृत अस्पतालका रुपमा विकास गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । सो अवसरमा ५६ रक्तदातालाई कदरपत्र प्रदान गरिएको थियो ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article महोत्तरीका गाउँमा सर्पको बिगबिगी
Next article सरकारी स्वास्थ्य संस्थामै निःशुल्क गर्भपतन सेवा शुरु भएसंगै गर्भपतन गराउनको संख्यामा बृद्धि

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

Aug 31st 8:48 AM
समाचार

भोटेकोशी बाढीपीडितका लागि फ्यानक्यानको रु.१ लाख ७५ हजार सहयोग

Aug 27th 12:40 PM
समाचार

बाढीपीडितलाई राष्ट्रपतिको एक महिनाको तलब सहयोग

Aug 27th 11:46 AM
समाचार

डिभाइन हेल्थकेयरको आईपीओ आउँदै, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक नियुक्त

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134304
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web