• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 23rd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

सरकारी स्वास्थ्य संस्थामै निःशुल्क गर्भपतन सेवा शुरु भएसंगै गर्भपतन गराउनको संख्यामा बृद्धि

June 11th, 2018 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सरकारी स्वास्थ्य संस्थामै निःशुल्क गर्भपतन सेवा शुरु भएसंगै गर्भपतन गराउनको संख्यामा बृद्धि

प्रकाश धौलाकोटी,
तेह्रथुम, २८ जेठः सुरक्षित गर्भपतन सम्बन्धी सेवा शुरु भएको छोटो अवधिमै जिल्लाका धेरै महिलाले गर्भपतन गराएका छन् । सरकारी स्वास्थ्य संस्थाबाटै निःशुल्क मान्यता प्राप्त स्वास्थ्यकर्मीले गर्भपतन सेवा दिन थालेपछि असुरक्षित गर्भपतन गराइरहेकाहरु पनि स्वास्थ्य संस्थामै जान थालेका हुन् । जिल्लामा सुरक्षित गर्भपतन सेवा शुरु भएको तीन महिना पूरा नहुँदै २३३ जनाले सो सेवा लिइसकेका छन् ।
गत चैतबाट जिल्ला स्वास्थ्य कार्यालयले आइपास नेपालको सहयोगमा जिल्ला अस्पताल सहित मातहतका दुईवटा प्राथमिक स्वास्थ्य केन्द्र र ११ वटा स्वास्थ्य चौकीमा निःशुल्क सुरक्षित गर्भपतन सेवा शुरु गरेको थियो । त्यसयता सुरक्षित गर्भपतनका लागि चौतर्फी रुपमा सचेतना कार्यक्रम सञ्चालन हुँदै आइरहेका छन् । समृद्ध तेह्रथुमका लागि अभियान नामक संस्थाले पनि वसन्तपुर, सोल्मा, आम्बुङ र मोराहाङमा यौन तथा प्रजनन अधिकार सुदृढीकरण परियोजना सञ्चालन गरिरहेको छ ।
मार्च ८ मा महिला दिवसको अवसरमा महिला अधिकारकर्मी र सरोकारवालाले जिल्लामा आगामी दुई वर्ष्भित्र असुरक्षित गर्भपतन शून्यमा पु¥याउने घोषणा गरेका थिए ।
असुरक्षित गर्भपतनका कारण महिलाको ज्यानै गुम्ने खतरा हुने भन्दै त्यसको निराकरणका लागि जिल्लामा सुरक्षित गर्भपतन सेवा विस्तार गरिएको जिल्ला स्वास्थ्य प्रमुख डा मुक्तिनारायण शाहले बताउनुभयो । 
सुरक्षित गर्भपतन सेवा निःशुल्करुपमा सरकारी संस्थाबाटै गोप्य रुपमा पाउन थालेपछि सुरक्षित रुपमा सेवा लिनेको संख्या बढीरहेको छ । तीन महिनाको अबधिमा जिल्ला अस्पतालबाट मात्रै १२७ जनाले र मोराहाङ स्वास्थ्य चौकीबाट १५ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् ।
हाल जिल्लामा जिल्ला अस्पताल सहितका १४ वटा स्वास्थ्य संस्थामा निःशुल्क सुरक्षित गर्भपतन सेवा शुरु भएको छ । जसमा वसन्तपुर र संक्रान्ति बजार प्राथमिक स्वास्थ्य केन्द्र तथा चुहानडाँडा, इवा, सम्दु, पोक्लाबाङ, ओयाक्जुङ, मोराहाङ, आङ्बुङ, सोल्मा, हमरजुङ, ओख्रे र फाक्चामारा स्वास्थ्य चौकी छन् । ती स्वास्थ्य संस्थामा आवश्यक न्यूनतम मापदण्ड पूरा गरी तालीम प्राप्त २६ जना स्वास्थ्यकर्मी परिचालित छन् ।
स्वास्थ्य चौकीबाट नौ महिनासम्मको गर्भ औषधिको प्रयोग गरी पतन गर्न सकिने सुविधा छ । प्राथमिक स्वास्थ्य केन्द्रमा तालीम प्राप्त डाक्टरबाट १२ हप्तासम्मको गर्भ र जिल्ला अस्पतालमा कानूनले तोकेबमोजिम सबै प्रकारका गर्भपतन गर्न पाइने सुविधा उपलब्ध छ ।
असुरक्षित गर्भपतन गर्नेहरु धेरैले औषधिको प्रयोग गरी गर्भपतन गर्ने गरेका थाहा पाएपछि जिल्ला प्रशासन कार्यालयको संयोजनमा औषधि व्यवसायीसँग समेत परामर्श गरिएको जिल्ला स्वास्थ्य प्रमुख डा शाहले बताउनुभयो । औषधि व्यवसायीले समेत कानून बमोजिम सुरक्षित गर्भपतन सेवा प्रवद्र्धनका लागि सहयोग पु¥याउने बताउनुहुन्छ ।
विसं २०५९ मा गर्भपतनले कानूनी मान्यता पाएकामा सरकारले २०७३ सालदेखि निःशुल्क सुरक्षित गर्भपतन सेवाको शुरुवात गरेको थियो । नेपालमा सन् २००९ को तथ्यांक अनुसार कूल मातृ मृत्युमध्ये सात प्रतिशत असुरक्षित गर्भपतनका कारण हुने गरेको छ ।
कानूनी रुपमा गर्भपतनले मान्यता पाएको यतिका समय बिते पनि प्रजनन उमेरका ४१ प्रतिशत महिलाले मात्रै त्यसबारे थाहा पाएको तथ्यांक छ । नेपालमा कूल गर्भवती महिलामध्ये १९ प्रतिशत महिलाले अनिच्छित गर्भधारण गर्ने गरेका छन् । एक सर्भेक्षण अनुसार नेपालमा तीन लाख २३ हजार महिलाले गर्भपतन गराउने गरेकामा ५८ प्रतिशतले असुरक्षित गर्भपतन गराउने गरेका छन् ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सुविधासम्पन्न अस्पतालका रुपमा विकास गरिने
Next article दैनिक १०० युनिट रगतको माग,जिल्लामा रगतको अभाव

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134370
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

30
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

29
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

23
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web