• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 3rd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

बिहीबार चौथो अन्तर्राष्ट्रिय योग दिवस मनाइदै

June 20th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
बिहीबार चौथो अन्तर्राष्ट्रिय योग दिवस मनाइदै

हेल्थ टुडे,
काठमाडौं, ६ असारः चौथो अन्तर्राष्ट्रिय योग दिवस मुलुकभर योग र आयुर्वेद सम्बन्धी विभिन्न चेतना मूलक कार्यक्रम गरी बिहीबार मनाइने भएको छ ।
योगपीठका ट्रष्टी शालिग्राम सिंहले उनले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न देशभर ४० हजार भन्दा बढि योग शिक्षकहरु परिचालन गर्ने जानकारी दिनुभएको हो । पतञ्जलि योगपीठ नेपालको आयोजनामा यही असार ७ गते बिहान ६ बजेदेखि ८ बजेसम्म काठमाडौंँ सहित सबै जिल्लामा एकसाथ योग शिविर सञ्चालन हुने बारे सो पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । असार ७ गते प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा कार्यक्रमको उद्घाटन गर्नुहुने पतञ्जली योगपीठ नेपालका अध्यक्ष सिंहले जानकारी दिनुभयो ।

नेपालका लागि भारतका राजदूत मञ्जिभ सिंह पुरीले नेपालमा चौथो अन्तराष्ट्रिय योग दिवसको शुभारम्भ समुद्र सतहदेखि १२ हजार ५०० फिटको उचाइमा अवस्थित मुस्ताङको मुक्तिनाथ मन्दिरको प्राङ्गणबाट गरिएको र यसले सम्पूर्ण मानवजातिलाई मुक्तिको मार्गमा जान प्रेरित गर्ने बताउनुभयो ।

पतञ्जलि योग समिति नेपालका प्रमुख लवदेव मिश्र र योग दिवस आयोजक समितिका संयोजक ज्ञानेन्द्रविक्रम महतले पूर्वीय दर्शनको एउटा महत्वपूर्ण उपहारका रूपमा योगलाई विश्वसामू परिचित गराउनु आवश्यक रहेको धारणा राख्नुभयो ।

अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा सबै जिल्लामा पतञ्जलि योग समिति नेपालका जिल्लास्तरीय समितिमार्फत विद्यालय र समुदायलाई लक्ष्य गरी असार १ गतेदेखि साताव्यापी रूपमा योग र प्राणायामका चेतना मूलक कार्यक्रम सञ्चालन भइरहेको योगपीठले जनाएको छ । संयुक्त राष्ट्र संघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन शुरु गरेको हो ।

अन्तर्राष्ट्रिय योग दिवस मनाउने सन्दर्भमा सन् २०१४ मा राष्ट्र संघको महासभामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नुभएको प्रस्ताव र नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले गर्नुभएको समर्थनलाई विश्वका १७० भन्दा बढी देशले समर्थन गरिसकेका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डा देवकोटा समस्त नेपालीका लागि प्रेरणाः काँग्रेस
Next article उपत्यकाका धार्मिक एवं सांस्कृतिक सम्पदामा योगशिविर सञ्चालन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132545
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web