• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 19th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

मातृशिशु मृत्युदर घटाउन ‘एयर एम्बुलेन्स’ सञ्चालन गरिने

June 24th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मातृशिशु मृत्युदर घटाउन ‘एयर एम्बुलेन्स’ सञ्चालन गरिने

म्याग्दी, १० असारः समाज कल्याण परिषद् अन्तर्गतको राष्ट्रिय स्वास्थ्य कोषको आयोजनामा म्याग्दीमा सञ्चालित निःशुल्क स्वास्थ्य परीक्षण तथा विशेषज्ञ शिविरबाट एक हजार जनाभन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन् ।
मालिका गाउँपालिकाको केन्द्र दरवाङमा बिहीबार, अन्नपूर्णको पोखरेबगरमा शुक्रबार र बेनी अस्पतालमा शनिबार सञ्चालन भएको शिविरबाट एक हजार १०० जनाले सेवा लिएका आयोजकले जनाएका छन् ।
दरवाङमा ३९५, पोखरेबगरमा ४०० र बेनीमा ३०० जनाले सेवा लिएका कोषका अध्यक्ष हुम बहादुर बरुवालले जानकारी दिनुभयो । स्त्रीरोग विशेषज्ञ डाक्टर सरिता गुरुङ, बालरोग विशेषज्ञ डा नवराज सुवेदी र जनरल डाक्टर रुपेश श्रेष्ठ सहित स्थानीय स्वास्थ्यकर्मीले सेवा दिनुभएको थियो ।
स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क औषधि वितरण सेवा उपलब्ध गराइएको अध्यक्ष बरुवालले बताउनुभयो । दुर्गम ग्रामीण क्षेत्रका सर्वसाधारणलाई स्थानीयस्तरमा सहज र सर्वसुलभरुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको उहाँको भनाइ छ ।
तीनवटै शिविरको महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले उद्घाटन गर्नुभएको थियो । सो क्रममा मन्त्री थापाले दुर्गम र विकट क्षेत्रका गर्भवती, सुत्केरी र नवजात शिशुको उपचार सेवामा पहुँच बढाएर मातृशिशु मृत्युदर घटाउन सरकारले ‘एयर एम्बुलेन्स’ सञ्चालन गर्न लागेको जानकारी दिनुभयो ।
मन्त्री थापाले स्थानीय तहका जनप्रतिनिधि, अगुवा र नेकपाका नेता, कार्यकर्तासँग भेटघाट गरेर विकास निर्माण, स्थानीय तहका गतिविधि, समस्या र सहकार्य गर्न सकिने विषयमा छलफल गर्नुभएको थियो ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article जनताको स्वस्थ्यका लागि सार्कका चिकित्सकसंग सहकार्य गरिने
Next article ५९ श्ययाबाट सेवा प्रारम्भ गर्ने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134121
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

129
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

18
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

137
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web