• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 1st, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सुशील कोइराला क्यान्सर अस्पतालमा ओपीडी सेवा सुरु

June 25th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सुशील कोइराला क्यान्सर अस्पतालमा ओपीडी सेवा सुरु

हेल्थ टुडे

नेपालगञ्ज,  ११ असार :  बाँकेको खजुरास्थित सुशील कोइराला क्यान्सर अस्पतालले सोमबारबाट ओपीडी सेवा सुरु गरेको छ । सरकारबाट १०० श्ययाको मान्यता पाएको अस्पतालले पहिलो चरणअन्तर्गत ५९ श्ययाबाट आफ्नो सेवा सुरु गरेको हो ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष किस्मतकुमार कक्षपतिका अनुसार ओपीडी सेवा सञ्चालनका लागि अस्पताल व्यवस्थापन समितिले चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको व्यवस्थापन र सबैखाले उपकरण जडान गरिसकेको छ ।

अस्पताल निर्माणमा ३५ करोड खर्च भइसकेको छ । चालू आर्थिक वर्षका लागि सरकारले थप १८ करोड बजेट छुट्याएको छ । यो अस्पतालको सेवाबाट ५ नम्बर प्रदेश, ७ नम्बर प्रदेश र कर्णाली प्रदेशका नागरिकलाई स्वास्थ्य सेवामा सहज हुने अनुमान गरिएको छ ।

अस्पतालमा ल्याब, एक्सरे मेसिन, अत्याधिक अपरेशन थियटर, एम्बुलेन्सलगायतका सेवा छन् । अस्पतालका कार्यकारी निर्देशक डा. विश्वराम पौडेलसहितको टोली छ । दुई जना अंको सर्जन, दुई मेडिकल अफिसर, नर्सिङ इन्चार्ज, आठ जना स्टाफ नर्ससहित २७ जनाको दरबन्दी लोकसेवा आयोगबाट पूर्ति गरेको क्यान्सर अस्पतालले जनाएको छ ।

पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पूर्वसभापति सुशील कोइरालाको क्यान्सरकै कारण निधन भएको थियो । त्यसैले उनकै नामबाट कोइरालाको गृहजिल्ला बाँकेमा क्यान्सर अस्पताल खोलिएको हो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article अब स्वदेशमै पुरुषलाई पनि नर्स बन्ने अवसर 
Next article डेक्सा स्क्यान र बोन हेल्थ ओस्टेकोप्रोसिस क्लिनिक संचालन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

Jun 27th 3:11 AM
समाचार

स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

Jun 23rd 5:02 PM
समाचार

वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल

Jun 23rd 4:55 PM
समाचार

सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार गोराखपत्रका स्वास्थ्य पत्रकार ढुङ्गेललाई

Jun 18th 10:46 AM
समाचार

राष्ट्रपति पौडेलद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण

Jun 17th 4:41 PM
समाचार

नेपालमा विश्व जनसंख्याको अवस्था प्रतिवेदन सार्वजनिक

Jun 12th 8:41 AM
समाचार

सुर्ती उद्योगको प्रभावमा परेर सुर्तीजन्य पदार्थमा बृद्धि भएन करको दर

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131638
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

18
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web