हेल्थ टुडे,
काठमाडौ : कर्णालीको जुम्लामा अनसन बरिरहेका अनसनकारी चिकित्सक डा. गोविन्द केसीलाई अस्पताल भर्ना गरिएको छ । बुधवार विहानैदेखि एक्लै छटपटाइरहेका डा.केसीलाई चिकित्सकहरुले साझ साढे ५ बजे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको इमेरजेन्सीमा लगेका हुन ।
स्वास्थ्य शिक्षा सुधारको माग राख्दै गत शनिवार देखि आमरण अनशनमा वसेका डा.केसीलाई प्रहरीले कवडहलमा राखेको थियो । डा.केसीको स्वास्थ्य अवस्था गम्भिर भएपछि प्रहरीको निषेधित क्षेत्रको घेरा तोड्दै अस्पताल ल्याएको डा.प्रविण गिरीले वताए ।
प्रशासनसंग पटक पटक डा.केसीको जीवन रक्षामा माग गरेपनि कुनै सुनुवाइ नभएकाले उनको स्वास्थ्य अवस्था गम्भिर भएर एक्लै छटपटाइरहेको थाहां पाएपछि जवरजस्ती अस्पताल ल्याएको प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा.पुजन रोकायाले वताए ।
Leave a Reply