• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 23rd, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सरकार ’ब्याक’ नहुने, डा केसीलाई काठमाडौं ल्याउन आग्रह

July 9th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सरकार ’ब्याक’ नहुने, डा केसीलाई काठमाडौं ल्याउन आग्रह

हेल्थ टुडे,
काठमाडौं, २५ असारः प्रधानमन्त्री केपी शर्मा ओलीले डा गोविन्द केसीलाई खाना खुवाएर काठमाडौं ल्याउन चिकित्सकहरुलाई आग्रह गर्नुभएको छ । जुम्लामा अनसनरत डा केसीका माग सम्बोधन र जीवनरक्षाका लागि ध्यानाकर्षण गराउन आइतबार साँझ बालुवाटार पुगेका चिकित्सक संघको टोली समक्ष ओलीले सो कुरा बताउनुभएको हो ।
छलफलका क्रममा प्रधानमन्त्री ओलीले अनसन वा आन्दोलनको चेतावनीका भरमा आफू नथर्किने भन्दै जुम्लामा अनसन बसेका भरमा सरकार ब्याक नहुने अडान लिनुभएको छ । ‘डा केसीलाई खाना खुवाएर काठमाडौं ल्याउनुहोस्, त्यसपछि वार्तामा बसौँला,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै संघको टोलीमा सहभागी एक सदस्यले बताउनुभयो ।
कोही व्यक्ति अनसन बसेको भरमा वा आन्दोलनको चेतावनी दिँदैमा म डराउने छैन भन्दै प्रधानमन्त्री ओलीले डा केसी सँग काठमाडौंमा वार्ता गर्ने भन्दै उहाँलाई खाना खुवाएर काठमाडौंमा ल्याउन आग्रह गर्नुभयो ।
यसरी आन्दोलनका भरमा यो गर वा त्यो गर भनेर हामी ब्याक नहुने बताउदै अस्पताल बन्द गर्छु भनेर चेतावनी दिएको भरमा नडराउँने ओलीको भनाइ छ । ‘अस्पतालको सेवा तपाईंहरुले बन्द गर्न पाउनु हुँदैन । कानुनले पनि बन्द गर्न दिँदैन । सरकार त्यसको सामना गर्न तयार छ । कानुन अनुसार अगाडि बढ्छ । म १४ वर्ष जेल बसेको मान्छे हुँ, झुकेर सानो कागजमा हस्ताक्षर गरेको भए चाँडै छुट्थेँ, झुकिनँ, छुटिनँ । त्यसकारण अहिले पनि झुक्दिनँ ।’ प्रधानमन्त्रीको भनाइ यस्तो रहेको संघका सदस्य बताउछन ।
माइतीघरलाई निषेधित क्षेत्र बनाउनुपर्छ र त्यो हुन्छ पनि भन्नुहुदै प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतले भने पनि माइतीघर निषेधित हुने जानकारी दिनुभयो ।
देशलाई गुणस्तरीय चिकित्सा शिक्षाको हब बनाउँने बताउदै उहाँले गुणस्तरका लागि यसो गर्नुस् भने सुन्छु तर सम्बन्धन नदे भनेर एउटा व्यक्तिको दबाबमा सरकार ब्याक नहुने स्पष्ट पार्नुभयो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चिकित्सा शिक्षामा पहुँच पु¥याउन छलफल गरिने–शिक्षामन्त्री पोखरेल
Next article विशेषको उपचारका लागि आर्थिक सहयोग

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132237
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

17
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web