• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 20th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सरकार ’ब्याक’ नहुने, डा केसीलाई काठमाडौं ल्याउन आग्रह

July 9th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सरकार ’ब्याक’ नहुने, डा केसीलाई काठमाडौं ल्याउन आग्रह

हेल्थ टुडे,
काठमाडौं, २५ असारः प्रधानमन्त्री केपी शर्मा ओलीले डा गोविन्द केसीलाई खाना खुवाएर काठमाडौं ल्याउन चिकित्सकहरुलाई आग्रह गर्नुभएको छ । जुम्लामा अनसनरत डा केसीका माग सम्बोधन र जीवनरक्षाका लागि ध्यानाकर्षण गराउन आइतबार साँझ बालुवाटार पुगेका चिकित्सक संघको टोली समक्ष ओलीले सो कुरा बताउनुभएको हो ।
छलफलका क्रममा प्रधानमन्त्री ओलीले अनसन वा आन्दोलनको चेतावनीका भरमा आफू नथर्किने भन्दै जुम्लामा अनसन बसेका भरमा सरकार ब्याक नहुने अडान लिनुभएको छ । ‘डा केसीलाई खाना खुवाएर काठमाडौं ल्याउनुहोस्, त्यसपछि वार्तामा बसौँला,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै संघको टोलीमा सहभागी एक सदस्यले बताउनुभयो ।
कोही व्यक्ति अनसन बसेको भरमा वा आन्दोलनको चेतावनी दिँदैमा म डराउने छैन भन्दै प्रधानमन्त्री ओलीले डा केसी सँग काठमाडौंमा वार्ता गर्ने भन्दै उहाँलाई खाना खुवाएर काठमाडौंमा ल्याउन आग्रह गर्नुभयो ।
यसरी आन्दोलनका भरमा यो गर वा त्यो गर भनेर हामी ब्याक नहुने बताउदै अस्पताल बन्द गर्छु भनेर चेतावनी दिएको भरमा नडराउँने ओलीको भनाइ छ । ‘अस्पतालको सेवा तपाईंहरुले बन्द गर्न पाउनु हुँदैन । कानुनले पनि बन्द गर्न दिँदैन । सरकार त्यसको सामना गर्न तयार छ । कानुन अनुसार अगाडि बढ्छ । म १४ वर्ष जेल बसेको मान्छे हुँ, झुकेर सानो कागजमा हस्ताक्षर गरेको भए चाँडै छुट्थेँ, झुकिनँ, छुटिनँ । त्यसकारण अहिले पनि झुक्दिनँ ।’ प्रधानमन्त्रीको भनाइ यस्तो रहेको संघका सदस्य बताउछन ।
माइतीघरलाई निषेधित क्षेत्र बनाउनुपर्छ र त्यो हुन्छ पनि भन्नुहुदै प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतले भने पनि माइतीघर निषेधित हुने जानकारी दिनुभयो ।
देशलाई गुणस्तरीय चिकित्सा शिक्षाको हब बनाउँने बताउदै उहाँले गुणस्तरका लागि यसो गर्नुस् भने सुन्छु तर सम्बन्धन नदे भनेर एउटा व्यक्तिको दबाबमा सरकार ब्याक नहुने स्पष्ट पार्नुभयो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article विशेषको उपचारका लागि आर्थिक सहयोग
Next article चिकित्सा शिक्षामा पहुँच पु¥याउन छलफल गरिने–शिक्षामन्त्री पोखरेल

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134356
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

27
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web