• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 4th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डा. अधिकारीलाई अपहरण शैलीमा गृह मन्त्रालय लगिएपछि विरोधस्वरुप ट्रमा सेन्टरले तत्काल  मेडिकल रिपोर्ट नबनाउने

July 12th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डा. अधिकारीलाई अपहरण शैलीमा गृह मन्त्रालय लगिएपछि विरोधस्वरुप ट्रमा सेन्टरले तत्काल  मेडिकल रिपोर्ट नबनाउने

हेल्थ टुडे,

काठमाडौं, २८ असार :  गृहमन्त्री रामबहादुर थापा ‘बादल’को आदेशमा ट्रमा सेन्टरमा कार्यरत वरिष्ठ चिकित्सक डा. भोजराज अधिकारीलाई  अपहरण शैलीमा  गृह मन्त्रालय लगेर धम्क्याएपछि अस्पतालले त्यसको विरोध गर्दै अर्को व्यवस्था नभएसम्मका लागि मेडिकल रिपोर्ट नबनाउने निर्णय गरेको छ ।

मंगलबार दिउँसो अस्पतालमा बिरामी जाँचिरहेका डा भोजराज अधिकारी अधिकारीलाई गृह मन्त्रालयकै गाडीमा लगेर गलत मेडिकल रिपोर्ट बनाउन दबाव दिएपछि अर्को व्यवस्था नभएसम्मका लागि मेडिकल रिपोर्ट नबनाउने र अपाङ्गता सिफारिस नगर्ने अस्पतालले निर्णय गरेको हो ।  डा अधिकारीलाई गृहमन्त्री थापाको आदेशमा आएका टोलीले द्वन्द्वकालका घाइतेहरुको अपांगताको रिपोर्ट उनीहरुको चाहना अनुरुप नै हुनुपर्ने, अन्यथा कारबाही गर्ने भन्दै धम्क्याएर मन्त्रालय लगेर एक कोठामा राखेर घन्टौंसम्म दुर्व्यवहार गरेका थिए ।

डा. अधिकारीलाई गृहमन्त्री थापाका सल्लाहकार सूर्य सुवेदीले एक घण्टासम्म धम्क्याएका थिए । आफूले गलत रिपोर्ट नदिने अडान डा. अधिकारीले राखेपछि उनलाई सत्ताको दुरुपयोग गर्दै मन्त्रालय लगेर धम्क्याएको हो । डा. अधिकारीले कुनै पनि हातलमा पनि गलत रिपोर्ट नदिने बताएपछि उनलाई छाडिएको थियो । विरामीको सेवामा तल्लिन भइरहने चिकित्सकलाई सुरक्षा दिनु पर्ने गृह मन्त्रालयले नै अपराधीलाई जस्तै केरकार गर्नु बिडम्बना भएको डा. अधिकारीले बताए ।  ‘ मलाई निकै तनाव दिए । प्रहरीले कैदीलाई केरकार गरेझैँ गर्यो । ’ डा अधिकारीले भने, ‘ गृहमन्त्रीको सल्लाहकारले नै मलाई हाम्रो महान् योद्धाहरुले भने अनुसारकै रिपोर्ट बनाउनुहोस् भन्दै हप्काए ।’

डा अधिकारीलाई मन्त्रालयमा बोलाइएको  सल्लाहकार सुवेदीले स्विकार गरेपनि धम्क्याएको नभई कुराकानी गरेको बताए । साथीहरुको गुनासो आएपछि के भएको रहेछ भन्ने कुरा बुझ्नका लागि आफूले मन्त्रालय बोलाएको सुवेदीले बताए  ।  डा अधिकारीलाई अपहरण शैलीमा गृह मन्त्रालय लगेर गरिएको दुर्व्यवहारप्रति सरकारी चिकित्सक संघ (गोदान) ले आपत्ति प्रकट गरेको छ । गोदानका आजीवन सदस्य रहेका डा.अधिकारीलाई ’द्वन्द्वकालका घाइतेहरुको अपांगताको रिपोर्ट उनीहरुको चाहना अनुरुप नै हुनुपर्ने, अन्यथा कारबाही गर्ने’ धम्की दिँदै मन्त्रालयमा घन्टौंसम्म दुर्व्यवहार गरिएको संघले विज्ञप्तिमा जनाएको छ ।

संघले चिकित्सा पेसामाथि धावा बोल्दै सरकारी पक्षबाटै असुरक्षित महसुस भएको उल्लेख गर्दै घटनाका दोषीमाथि कडा कारबाहीको माग समेत गरेको छ । दोषीमाथि कडा कारवाहीको माग समेत गोदानले गरेको छ ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बढ्दो गर्भपतन रोक्न महिलालाई परिवार नियोजन सम्बन्धि परामर्श दिनुपर्ने
Next article चिकित्सकमाथि दुव्यवहार गर्ने गृहमन्त्रीका सल्लाहकारलाई कारवाहीको माग

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132545
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web