• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 9th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डा. केसीलाई अनशन तोडेर वार्तामा आउन सरकारको आग्रह

July 14th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डा. केसीलाई अनशन तोडेर वार्तामा आउन सरकारको आग्रह

काठमाडौँ, ३० असारः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सोमप्रसाद पाण्डेले अनशनरत डा. गोविन्द केसीका जायज माग सरकारले सम्बोधन गर्ने र केही माग परिमार्जन गर्ने बताउनुभएको छ ।
रिपोर्टर्स क्लबले शुक्रबार आयोजना गरेको साक्षात्कारमा नेता पाण्डेले उहाँलाई अनशन तोडेर वार्तामा आउन सरकारले आग्रह गरेको बताउँदै काठमाडौँ ल्याएर वार्ता गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।
नेपाली विद्यार्थीहरू एमबिबिएस अध्ययन गर्न विदेश जाँदा करिब रु १५ अर्ब ५३ करोड राज्यबाट विदेशिएको अवस्थामा त्यसलाई रोक्न डा. केसीका केही माग बाधक रहेको बताउनुभयो ।
नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले डा. केसीको सत्याग्रहमा कांग्रेसको नैतिक समर्थन रहेको बताउँदै सरकारले जस्ताको तस्तै पुरानो विधेयक ल्याएमा आफ्नो पार्टीले समर्थन गर्ने त्यसलाई तोडमोड गरेर ल्याए विरोध गर्ने बताउनुभयो ।
राष्ट्रिय जनता पार्टी नेपालका नेता लक्ष्मणलाल कर्णले अनशनरत डा.केसीको जीवन रक्षाको माग गर्दै सरकारले जुम्लामा नै गएर वार्ता गर्नुपर्ने सुझाव दिनुभयो ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठले अनशनरत डा केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएकाले सरकार संवेदनशील भई चाँडो वार्ता गर्न पहल गर्नुपर्नेमा जोड दिनुभयो । उहाँको जीवन रक्षाका लागि प्रधानमन्त्रीलाई संघले अवगत गराएको जानकारी दिँदै सरकारले डाक्टर केसीसँग वार्ता गर्न चाहेको भए संघले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article तेडियो अनशन–दोषीलाई कारवाही नभए पूनःअनशन बस्ने चेतावनी
Next article अध्यादेश अनुसारको विधेयक नआए संसद्मा सशक्त विरोध गर्ने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132292
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web