• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डा. केसीलाई अनशन तोडेर वार्तामा आउन सरकारको आग्रह

July 14th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डा. केसीलाई अनशन तोडेर वार्तामा आउन सरकारको आग्रह

काठमाडौँ, ३० असारः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सोमप्रसाद पाण्डेले अनशनरत डा. गोविन्द केसीका जायज माग सरकारले सम्बोधन गर्ने र केही माग परिमार्जन गर्ने बताउनुभएको छ ।
रिपोर्टर्स क्लबले शुक्रबार आयोजना गरेको साक्षात्कारमा नेता पाण्डेले उहाँलाई अनशन तोडेर वार्तामा आउन सरकारले आग्रह गरेको बताउँदै काठमाडौँ ल्याएर वार्ता गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।
नेपाली विद्यार्थीहरू एमबिबिएस अध्ययन गर्न विदेश जाँदा करिब रु १५ अर्ब ५३ करोड राज्यबाट विदेशिएको अवस्थामा त्यसलाई रोक्न डा. केसीका केही माग बाधक रहेको बताउनुभयो ।
नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले डा. केसीको सत्याग्रहमा कांग्रेसको नैतिक समर्थन रहेको बताउँदै सरकारले जस्ताको तस्तै पुरानो विधेयक ल्याएमा आफ्नो पार्टीले समर्थन गर्ने त्यसलाई तोडमोड गरेर ल्याए विरोध गर्ने बताउनुभयो ।
राष्ट्रिय जनता पार्टी नेपालका नेता लक्ष्मणलाल कर्णले अनशनरत डा.केसीको जीवन रक्षाको माग गर्दै सरकारले जुम्लामा नै गएर वार्ता गर्नुपर्ने सुझाव दिनुभयो ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठले अनशनरत डा केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएकाले सरकार संवेदनशील भई चाँडो वार्ता गर्न पहल गर्नुपर्नेमा जोड दिनुभयो । उहाँको जीवन रक्षाका लागि प्रधानमन्त्रीलाई संघले अवगत गराएको जानकारी दिँदै सरकारले डाक्टर केसीसँग वार्ता गर्न चाहेको भए संघले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article अध्यादेश अनुसारको विधेयक नआए संसद्मा सशक्त विरोध गर्ने
Next article तेडियो अनशन–दोषीलाई कारवाही नभए पूनःअनशन बस्ने चेतावनी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134420
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web