• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 16th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कुष्ठरोगीको सम्पूर्ण उपचार निःशुल्क–सिरहामा ७९ कुष्ठरोगी फेला

July 22nd, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कुष्ठरोगीको सम्पूर्ण उपचार निःशुल्क–सिरहामा ७९ कुष्ठरोगी फेला

लहान, ६ साउनः नयाँ कुष्ठरोगी खोजी गर्न खटाइएको विशेषज्ञ टोलीले सिरहाका विभिन्न स्थानीय तहमा ७९ नयाँ कुष्ठरोगी फेला परेका छन ।
सन् २०२० सम्म नेपाललाई कुष्ठरोग मुक्त बनाउने लक्ष्य अनुरुप गत असार २७ देखि २९ गतेसम्म गरिएको घरदैलो अभियानका क्रममा रोगको पहिचान भई औषधि सेवन गरिरहेका ४३ पुरुष र ३६ महिला कुष्ठरोगी फेला परेको धनगढीमाई नगरपालिका, स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत विलटनारायण रायले जानकारी दिनुभयो ।
कुष्ठरोग निवारण अभियान अन्तर्गत नयाँ कुष्ठरोगी खोजी गर्ने क्रममा नगरपालिकाका फूलकहाकट्टी, हनुमाननगर, भवानीपुर र नयनपुरमा छ जनाको शरीरमा पनि रातो फुस्रो नचिलाउने दाग, बाक्लो अनुहार तथा कानको लोती, नशा झमझमाउने र गिर्खा निस्किएको भेटिएको रायले बताउनुभयो ।
कुष्ठरोगीको उपचार जिल्लास्थित सम्पूर्ण स्वास्थ्य संस्थामा निःशुल्क हुँदैआएको छ । समयमै उपचार गरिए कुष्ठरोग निको हुने चेतनाको अभावमा दलित विपन्न समुदायका कुष्ठरोगी अझै स्वास्थ्योपचारका लागि अस्पतालसम्म नपुग्ने गरेको पाइएपछि उनीहरुलाई लक्ष्य गरी चेतनामूलक र उपचारात्मक कार्यक्रम सञ्चालन गरिएको अधिकृत रायले बताउनुभयो ।
समयमै जाँच गराई औषधि सेवन गरे रोगसँगै अपाङ््गता हुनबाट जोगिन सकिने उहाँको भनाइ छ । ‘माइक्रो ब्याक्टेरियम लेप्रे’ नामको कीटाणुबाट सर्ने कुष्ठरोगीको संख्याका आधारमा झापा पहिलो, मोरङ दोस्रो, सुनसरी तेस्रो, सिरहा चौथो र सप्तरी पाँचौंँ जिल्ला रहेको कुष्ठरोगीका लागि कार्यरत संस्था नेपाल कुष्ठरोग सङ्गठन सिरहाले जनाएको छ ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चिकित्सा शिक्षा अध्यादेश अनुसार नै विधेयक ल्याउनुपर्ने
Next article दाँतमा किरा किन लाग्छ ? समाधानका लागि यसो गर्नुस्

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132713
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web