• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 5th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डा केसीको स्वास्थ्य अवस्था दिन प्रतिदिन अत्यन्तै जटिल बन्दै

July 25th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डा केसीको स्वास्थ्य अवस्था दिन प्रतिदिन अत्यन्तै जटिल बन्दै

हेल्थ टुडे,
काठमाडौं, ९ साउनः डा गोविन्द केसीको १५औं अनसन २६ दिन पुगिसकेको छ । जुम्लामा अनसन बसेका डा केसीलाई सरकारले सुविधा सम्पन्न अस्पतालमा ल्याउने भन्दै जुम्लाबाट उठाएको पनि ६ दिन भइसक्दा पनि डा केसीका माग सम्बोधन हुन सकेका छैनन ।
सरकारले सुविधा सम्पन्न अस्पतालमा ल्याएर राखेको भनेर ढुक्क बसिरहे पनि आजसम्म डा केसीको उपचारका लागि मेडिकल टिम नै बन्न सकेको छैन । डा केसीको स्वास्थ्य अवस्था दिन प्रतिदिन अत्यन्तै जटिल बन्दै गएको चिकित्सकहरुले जनाएका छन् ।
डा केसीको अनसनस्थल त्रिवि शिक्षण अस्पतालले एउटा मेडिकल टिम बनाएर चौबिसै घन्टा डा केसीको स्वास्थ्य स्थितिलाई निगरानी गर्नेतर्फ कुनै पहल गरेको छैन । स्वतःस्फुर्त रुपमा आवासीय चिकित्सक र केही शुभेच्छुक चिकित्सकले डा केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै आइरहेका छन् ।
यसैबीच, उपचारमा संलग्न आवासीय चिकित्सकहरुले आज पत्रकार सम्मेलन गरी डा केसीको स्वास्थ्य अवस्थाबारे जानकारी गराएका छन् । पत्रकार सम्मेलनमा आफूहरुले ड्युटीको समय मिलाउँदै डा केसीको रेखदेख गरिरहेको आवासीय डाक्टरहरुले जानकारी दिएका छन् ।
आवासीय चिकित्सकहरुका अनुसार डा केसीको स्वास्थ्य अवस्था नाजुक बनिसकेको छ । उनको सेतो रक्तकोशिका (डब्लुबिसी) को संख्या हालसम्मकै न्यून भएको छ । रगतमा सुगरको मात्रा अत्यन्त कम भएकाले उहाँ जुनसुकै बेला अचेत अवस्थामा पुग्न सक्नुहुनेछ,’ डा लक्ष्मण भुसालले बताउनुभयो ।
डा केसीको रक्तचाप पनि अत्यन्त कम छ । यसरी मुटुको चाल, धड्कन र रक्तचापको समन्वय नमिल्दा कुनै पनि बेला गम्भीर समस्या आउन सक्ने डाक्टरहरु बताउँछन् ।
चिकित्सकहरुका अनुसार यो अवस्थाको बिरामीलाई आइसियूमा राखेर उपचार गर्नुपर्ने हुन्छ तर डा केसीले यसअघि नै आफू होसमा रहुन्जेल आइसियूमा नजाने बताइसकेका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डा केसीको मागका सम्बन्धमा अनौपचारिक संवाद शुरु
Next article डा. केसी र सरकारी पक्षबीच आजको वार्ता पनि निष्कर्ष विहिन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

Oct 27th 5:20 AM
समाचार

डा. शर्मा स्वास्थ्य मन्त्रीमा नियुक्त

Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132096
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

19
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

27
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web