• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 19th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डा केसीको स्वास्थ्य अवस्था दिन प्रतिदिन अत्यन्तै जटिल बन्दै

July 25th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डा केसीको स्वास्थ्य अवस्था दिन प्रतिदिन अत्यन्तै जटिल बन्दै

हेल्थ टुडे,
काठमाडौं, ९ साउनः डा गोविन्द केसीको १५औं अनसन २६ दिन पुगिसकेको छ । जुम्लामा अनसन बसेका डा केसीलाई सरकारले सुविधा सम्पन्न अस्पतालमा ल्याउने भन्दै जुम्लाबाट उठाएको पनि ६ दिन भइसक्दा पनि डा केसीका माग सम्बोधन हुन सकेका छैनन ।
सरकारले सुविधा सम्पन्न अस्पतालमा ल्याएर राखेको भनेर ढुक्क बसिरहे पनि आजसम्म डा केसीको उपचारका लागि मेडिकल टिम नै बन्न सकेको छैन । डा केसीको स्वास्थ्य अवस्था दिन प्रतिदिन अत्यन्तै जटिल बन्दै गएको चिकित्सकहरुले जनाएका छन् ।
डा केसीको अनसनस्थल त्रिवि शिक्षण अस्पतालले एउटा मेडिकल टिम बनाएर चौबिसै घन्टा डा केसीको स्वास्थ्य स्थितिलाई निगरानी गर्नेतर्फ कुनै पहल गरेको छैन । स्वतःस्फुर्त रुपमा आवासीय चिकित्सक र केही शुभेच्छुक चिकित्सकले डा केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै आइरहेका छन् ।
यसैबीच, उपचारमा संलग्न आवासीय चिकित्सकहरुले आज पत्रकार सम्मेलन गरी डा केसीको स्वास्थ्य अवस्थाबारे जानकारी गराएका छन् । पत्रकार सम्मेलनमा आफूहरुले ड्युटीको समय मिलाउँदै डा केसीको रेखदेख गरिरहेको आवासीय डाक्टरहरुले जानकारी दिएका छन् ।
आवासीय चिकित्सकहरुका अनुसार डा केसीको स्वास्थ्य अवस्था नाजुक बनिसकेको छ । उनको सेतो रक्तकोशिका (डब्लुबिसी) को संख्या हालसम्मकै न्यून भएको छ । रगतमा सुगरको मात्रा अत्यन्त कम भएकाले उहाँ जुनसुकै बेला अचेत अवस्थामा पुग्न सक्नुहुनेछ,’ डा लक्ष्मण भुसालले बताउनुभयो ।
डा केसीको रक्तचाप पनि अत्यन्त कम छ । यसरी मुटुको चाल, धड्कन र रक्तचापको समन्वय नमिल्दा कुनै पनि बेला गम्भीर समस्या आउन सक्ने डाक्टरहरु बताउँछन् ।
चिकित्सकहरुका अनुसार यो अवस्थाको बिरामीलाई आइसियूमा राखेर उपचार गर्नुपर्ने हुन्छ तर डा केसीले यसअघि नै आफू होसमा रहुन्जेल आइसियूमा नजाने बताइसकेका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डा. केसी र सरकारी पक्षबीच आजको वार्ता पनि निष्कर्ष विहिन
Next article डा केसीको मागका सम्बन्धमा अनौपचारिक संवाद शुरु

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134119
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

138
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

18
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

142
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web