• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 16th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नेपालगन्जमा सैनिक अस्पताल स्थापना

July 27th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नेपालगन्जमा सैनिक अस्पताल स्थापना

हेल्थ टुडे,
नेपालगन्ज, ११ साउनः प्रधानसेनापती राजेन्द्र क्षेत्रीले बाँकेको नेपालगन्ज स्थित नं ४ बाहिनी नेपालगन्जमा नवनिर्मित सैनिक अस्पताल उद्घाटन गर्नुभएको छ । अस्पताल उद्घाटनपछि प्रधानसेनापति क्षेत्रीले अस्पतालका विभिन्न वार्डको अवलोकन गर्नुका साथै अस्पतालबाट प्रदान गरिने सेवाका बारेमा जानकारी लिनुभएको छ ।
क्षेत्रीले अस्पतालमा भर्ना भएका बिरामीहरुलाई फलफुल वितरण गर्नुका साथै उनीहरुको उपचारको अवस्थाका बारेमा जानकारी लिनसभएको थियो । सैनिक कल्याणकारी कोषको करिव १७ करोड २० लाख रुपैयाँको लागतमा करिव १४ रोपनी क्षेत्रमा निर्माण गरिएको अस्पतालमा ५० शय्या छन् । सैनिक अस्पताल नेपालगन्ज काठमाडौंको छाउनी अस्पताल पछिको दोस्रो ठूलो र सुविधा सम्पन्न अस्पताल हो ।
अस्पतालमा जनरल ओपिडि, प्रसुती, बाल रोग, सर्जिकल, आइसोलेशन, मेडिकल सघन उपचार केन्द्र, डेन्टल र पोष्ट अपरेटिभ वार्ड रहेका छन् । अस्पतालमा आइसियु, आकस्मिक कक्ष, प्याथोलोजी, इन्डोस्कोपी, अल्ट्रासाउन्ड, एक्सरे र अप्रेशन कक्षको समेत सुविधा उपलब्ध छ ।
अस्पातलमा हाल १० जना चिकित्सक, स्वास्थ्यकर्मी सहित ८० जना कार्यरत छन् भने निकट भवष्यमै अस्पतालमा थप चिकित्सक र स्वास्थ्यकर्मी थपिदै जाने अस्पतालका प्रमुख डा नरेन्द्रप्रसाद बाँस्कोटाले बताउनुभएको छ ।
नेपाली सेनाका कार्यरत सैनिक तथा भूतपूर्व सैनिक तथा उनका आफन्तहरुलाई सहज रुपमा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले अस्पताल निर्माण गरिएको हो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चिकित्सा शिक्षा विधेयक, २०७५ संसदमा प्रस्तुत
Next article सरकार–केसी बीचको नौबूँदे सहमतिमा के छ

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

Aug 6th 12:44 PM
समाचार

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134055
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

129
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

124
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web