• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

पुरुषको तुलनामा महिला रक्तदाता बढ्न सकेन

July 30th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
पुरुषको तुलनामा महिला रक्तदाता बढ्न सकेन

काठमाडौँ, १४ साउनः पुरुषको तुलनामा महिला रक्तदाताको संख्यामा सुधार हुन सकिरहेको छैन । ‘रक्तदान गर्दा स्वास्थ्यमा खासै असर पर्दैन’ भन्ने पर्याप्त जानकारी नहँुदा महिला रक्तदाता संख्या बढ्न नसकेको हो ।
नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रले गत वर्ष ६२ हजार ३५३ युनिट रगत संकलन गरेको थियो । ती मध्ये १० हजार ६८ युनिट महिला र ५२ हजार २८५ पुरुष रक्तदाताबाट संकलन भएको थियो ।
अघिल्लो वर्षको तुलनामा महिला रक्तदातामा केही सुधार देखिएको छ । अघिल्लो वर्ष करीब नौ हजार महिलाले रक्तदान गरेका थिए । महिला रक्तदाताको संख्या बढाउन देशव्यापी अभियानमा जुटिरहेको नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष संजीव थापाले बताउनुहुन्छ ।
देशव्यापीरुपमा आर्थिक वर्ष २०७४÷७५ मा दुई लाख ६२ हजार ४३९ युनिट रगत संकलन भएको थियो । तीमध्ये तीन लाख ४४ हजार ९३३ युनिट रगत तथा रक्ततत्व बिरामीलाई उपलब्ध गराइएको थियो ।
हाल ७३ जिल्लाका १०८ स्थानमा रक्तसञ्चार सेवा केन्द्र तथा एकाइबाट रक्त संकलन भइराखेको छ । ती रक्तदातामध्ये ६६ जनामा एचआइभी पोजेटिभ देखिएको छ । केन्द्रका अनुसार हेपाटाइटिस बी र सी देखिएका रक्तदाताको संख्या क्रमशः ४६६ र ३५१ छ ।
नेपालभर ३.१० प्रतिशत रक्तदातामा ए, बी, ओ र एबी नेगेटिभ रहेको जनाइएको छ । तर उपत्यकामा भने नेगेटिभ रक्तसमूह हुने रक्तदाता २.९ प्रतिशत रहेको बताइएको छ ।
नेपालमा विसं २०२३ साउन १२ गते नेपाल रेडक्रस रक्तसञ्चार सेवा केन्द्रको स्थापना भएको थियो । सो वर्ष १५७ युनिट रगत संकलन भयो । काठमाडौँ उपत्यकाभित्र सबैभन्दा बढी रगत खपत हुने गर्दछ ।
नेपाल रेडक्रसले केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रका अतिरिक्त विराटनगर, पोखरा, नेपालगञ्ज, कैलाली र चितवन पाँच स्थानमा क्षेत्रीय रक्तसञ्चार सेवा, २२ जिल्लामा जिल्लास्तरीय, ४७ जिल्लामा आकस्मिक तथा ३८ वटा अस्पतालमा रक्तसञ्चार सेवा एकाइको सञ्चालन भइराखेको सोसाइटीका सञ्चार अधिकृत दीव्यराज पौडेलले जानकारी दिनुभयो ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article प्रदेश नं १ः सबै जिल्ला अस्पतालको स्तरोन्नति गरिने
Next article प्रत्येक आइतबार निःशुल्क स्वास्थ्य परीक्षण

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134420
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web