• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 14th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

प्रदेश नं १ः सबै जिल्ला अस्पतालको स्तरोन्नति गरिने

July 30th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
प्रदेश नं १ः सबै जिल्ला अस्पतालको स्तरोन्नति गरिने

विराटनगर, १४ साउनः प्रदेश नं १ सामाजिक विकास मन्त्रालयले सरकारी अस्पताललाई पहिलो उपचार केन्द्रका रुपमा विकास गर्ने योजन अनुसार काम प्रारम्भ गरेको छ ।
गत फागुन ३ गते स्थापित मन्त्रालयले प्रदेशका १४ वटै जिल्लाका अस्पतालको स्तरोन्नति गर्न र गामीण क्षेत्रमा चिकित्सकको सेवा उपलब्ध गराउन उच्च प्राथमिकता दिएको छ ।
मन्त्रालयले ग्रामीण क्षेत्रका जनताको सेवालाई निरन्तरताका लागि दीर्घकालीन कार्यक्रम अन्तर्गत ग्रामीण क्षेत्रका गरीब तथा जेहेन्दार विद्यार्थीलाई विशेष सहुलियत दिएर एमबिबिएस अध्ययन गराउन सहयोग गर्ने योजना तथा कार्यक्रम बनाएको छ ।
एमबिबिएस अध्ययन सकेपछि कम्तीमा पाँच वर्ष ग्रामीण क्षेत्रमा बसेर काम गर्न करार गराइने छ । पूर्व क्षेत्रको विराटनगरमा रहेको कोशी अञ्चल अस्पतालमा विशिष्टीकृत स्वास्थ्य सेवा उपलब्ध गराउन शिक्षण अस्पतालका रुपमा विकास गर्ने योजनानुसार प्रारम्भिक काम अस्पताल सुदृढीकरणबाट थालिएको छ ।
सोअनुसार मुटुरोग सेवा, प्रयोगशाला, नाक, कान, घाँटी उपचार सेवा, अर्बुदरोग उपचार सेवा जस्ता पुनःसञ्चालन गरिनाका साथै नशा उपचारका लागि बहिरङ्ग सेवा प्रारम्भ गरिएको छ ।
अस्पतालले मासिक आम्दानी करीब रु २० लाख गरेको पाइएको छ । मन्त्रालयले शिक्षण अस्पताल सञ्चालनका क्रममा यसै वर्ष एमडी र अर्को वर्षदेखि एमबिबिएसका कक्षा थालनी गर्ने मन्त्रालयका कर्मचारी गोपीप्रसाद घिमिरेले बताउनुभयो ।
स्वास्थ्य क्षेत्रमा देखिएका जटिलताको समस्या पहिचान तथा नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले मन्त्रालयले विसं २०७५ वैशाख १ गतेदेखि स्वास्थ्य प्रवद्र्धन वर्ष–२०७५ मनाउने कार्य थालनीसँगै प्रदेशभरी योग शिविर, सरसफाइ अभियान, ट्राफिक सचेतना कार्यक्रम गरेको छ ।
मन्त्रालयले प्रदेशमा स्वास्थ्य क्षेत्रमा स्वास्थ्यकर्मीको विवरण अद्यावधिक गर्नु, १४ वटै जिल्लामा स्वास्थ्य शिविर सञ्चालन गर्नु, बाल विवाह अन्त्यका लागि सचेतना अभियान सञ्चालन गर्नु, स्वास्थ्य सरसफाइ तथा शिक्षा सम्बन्धी जनचेतना मूलक सडक नाटक सञ्चालन गर्नु, किशोरीका लागि महिनावारी स्वास्थ्य अभियान सञ्चालन गर्नु, निजी अस्पताल तथा नर्सिङ होमको नियमन गर्नु सकारात्मक देखिएको छ ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मिर्गाैला पीडितलाई आर्थिक सहयोग प्रदान
Next article पुरुषको तुलनामा महिला रक्तदाता बढ्न सकेन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

Aug 6th 12:44 PM
समाचार

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति

Aug 6th 4:15 AM
समाचार

ढल्केबर ट्रमा सेन्टर निर्माण योजना यथावत् : स्वास्थ्यमन्त्री मेहता

Aug 5th 11:43 AM
समाचार

काडाघारीमा गान्धी तुलसी मेहर हस्पिटल सञ्चालन, प्रत्यारोपण सेवा विस्तारको लक्ष्य

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133999
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

130
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

122
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web