• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 15th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

मिर्गाैला प्रत्यारोपणको एक दशक पूरा

August 8th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मिर्गाैला प्रत्यारोपणको एक दशक पूरा

काठमाडौँ, २३ साउनः दश वर्षको अवधिमा चिकित्सा शास्त्र अध्ययन संस्थान शिक्षण अस्पताल महाराजगञ्जले ५०६ जनामा सफलतापूर्वक मिर्गाैला प्रत्यारोपण गरेको छ ।
सो अस्पतालले नेपालमा पहिलोपटक २०६५ साउन २४ मिर्गाैला प्रत्यारोपण गरेको थियो । प्रत्यारोपण कार्यको नेतृत्व डा दिव्यासिंह शाहले गर्नुभएको थियो । उहाँलाई अष्ट्रेलियाली प्रा डा डेभिड फ्रान्सिसले सहयोग गर्नुभएको थियो ।
प्रत्यारोपण भएका मध्ये ८५ प्रतिशत पुरुष र १५ प्रतिशत महिला छन् । यसैगरी १५ वर्षमुनिका बालबालिकाको सङ्ख्या आठ रहेको आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो ।
हप्तामा दुईवटा प्रत्यारोपण कार्य शुरु गरेको अस्पतालले यसलाई निरन्तरता दिँदै आएको छ । प्रत्यारोपणका क्रममा १७ जनाको मृत्यु भएको छ । अस्पतालले आर्थिक अभावका कारण प्रत्यारोपणका लागि आवश्यक परीक्षण गर्ने प्रयोगशाला (एचएलए) स्थापना गर्न नसक्दा भारतमा पठाउनुपर्ने बाध्यता छ ।
प्रत्यारोपणको दशौँ वार्षिकोत्सवका अवसरमा अस्पतालद्वारा आज आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले अस्पताललाई प्रत्यारोपणका लागि आवश्यक पर्ने आर्थिक एवं उपकरण सहयोग गर्ने जानकारी दिनुभयो ।
सरकारी अस्पतालमा राज्यको ठूलो लगानी रहेको तर स्वास्थ्य सेवा प्रभावकारी हुन नसकेको बताउँदै उहाँले आधारभूत स्वास्थ्य सेवा पाउने जनताको मौलिक अधिकारलाई प्रत्याभूत गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
सरकारी अस्पतालमा जडान भएका उपकरण चाँडै बिग्रने र त्यस्तै उपकरण निजीमा हतपत किन बिगिँ्रदैन भन्ने प्रश्न गर्दै मन्त्री यादवले देश ग्रामीण भेगले बनेको छ, चिकित्सक शहरमा बस्दछन् अब समन्वय जरुरी रहेको बताउनुभयो ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article टिचिङमा मिर्गौला प्रत्यारोपणमा योगदान गर्ने सम्मानित
Next article साउन १ गतेदेखि नै एम्बुलेन्स सेवा बन्द

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

Aug 6th 12:44 PM
समाचार

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति

Aug 6th 4:15 AM
समाचार

ढल्केबर ट्रमा सेन्टर निर्माण योजना यथावत् : स्वास्थ्यमन्त्री मेहता

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134020
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

120
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

29
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

116
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web